Logo

Student Corner

गणतन्त्र दिवस

Written by: Dinisha Shiwakoti - 31042, Grade V

Posted on: 18 August, 2023

नेपालमा प्रत्येक वर्ष  जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ। नेपालको संविधान सभाले  २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा  गरेको हो। यही दिनको सम्झना स्वरूप गणतन्त्र दिवस मनाइन्छ । जनताका छोराछोरीहरू पनि राष्ट्र प्रमुख हुन पाउने व्यवस्थाका लागि गणतन्त्र स्थापना गरिएको हो। यसका लागि नेपालमा जनआन्दोलन र जनयुद्ध समेत भयाे । आन्दाेलनका  क्रममा धेरै जनाले ज्यान गुमाउनुपर्याे । गणतन्त्र दिवसका दिन सहिदहरूको सम्झना र सम्मान गरिन्छ । दिपावली गरिन्छ । गणतन्त्रको महत्त्वका बारेमा विचार गोष्ठी हुन्छन् । नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूले समेत गणतन्त्र दिवस मनाउँछन्। गणतन्त्र दिवसका दिन सरकारले  विदा पनि दिन्छ ।