Logo

Student Corner

ए बटुवा

Written by: Subir Acharya - 24072, Grade XII

Posted on: 17 August, 2023

एक्लै हिड बटुवा
तिमी एक्लै हिड 
यहाँ भिडमा पनि, त सबै एक्लै छन्
तिमी पनि एक्लै हिड । 
अनगिन्ती सोच रहेको 
खोजीमा तिमी एक्लै हिड।

 

सँगैसँगै तिम्रो मन
साथी पनि त छैनन्
पर्वतीय हिमाललाई तिमीले साथी त बनायौ
तर 
ती सबमा तिम्रो मात्र हैन
अरुको पनि त हक छ
ए बटुवा तिमी एक्लै हिड । 
कुरा गर बटुवा 
तिम्रो यात्रा कहाँसम्म पुग्यो ?
तिम्रो मन अधीर छ, डराउँछ होला, 
हेर बटुवा
यहाँ माया छ आशा छ
तिम्रो यात्रा त लामो छ
तिमी एक्लै हिड ।

 

बिहानको प्रकाशमा
तिम्रा पर्वतहरू चम्किन्छन्
दिनको अवसानमा
तिम्रो बिस्तारै सूर्यले झल्काउँछ ।
ए बटुवा 
तिम्रो यात्राले अनगिन्ति अवसरहरू ल्याउँछ
सङ्घर्षमय जीवनमा हेर बटुवा,
तिमी एक्लै हिड।