Logo

Student Corner

सम्झनाहरूपी जीवन

Written by: Aayusi Shrestha - 26002, Grade X

Posted on: 17 August, 2023

जिन्दगी, यो अनमोल,
समय बितिरहेकाे छ 
समझनाहरूको छायामा,
बिताउँछ यो अध्यारो जीवन।

 

जब छाँएको छ अँध्यारो,
सम्झौता नै हाे जीवन 
सम्झाउन नसकिने सम्झौता,
जिन्दगी बनाउँछ हताराे ।

 

समझदारी नै हो जीवन 
दिलको भावना, माया र विश्वास,
सम्झाउँछ सबैलाई हाँसाे र खुसी
रहस्यमय यात्रा नै जिन्दगी ।

 

सम्झना ज्ञानको अभियान
ज्ञानको ज्याेति नै जीवन
बढाऔँ  ज्ञानको खानी,
हामी सबै ज्ञानका सारथी ।