Logo

Student Corner

पुस्तक समीक्षा - ‘लक्षु किन बोल्दिन’

Written by: Pasang Doma Sherpa - 30019, Grade VI

Posted on: 17 August, 2023

पुस्तक परिचय-
हाम्रो विद्यालयले मासिक पुस्तक पठनअन्तर्गत हामीलाई ‘लक्षु किन बोल्दिन’ भन्ने किताब अध्ययन गर्ने अवसर दियाे । यो पुस्तक एक किशोर उपन्यास हो । यस पुस्तकलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । यो पुस्तक आन्विका गिरीले लेखेकी  हुन् । पुस्तकको चित्राङ्कन चाहिँ दीपमाला महर्जनले गर्नुभएकाे हाे । यसभित्र १२ वटा अध्याय छन् । यो किशाेर उपन्यासमा ९३ पानाहरू रहेका छन्। यसले हाम्रो शब्दभण्डार बढाउन धेरै मदत गर्छ । यस पुस्तकमा लैङ्गिक विभेदका बारेमा चर्चा गरिएकाे छ ।


पात्रहरू -
यस कथाका पात्र लक्षु, सुदीप, देवराज, रामदेव सर,  समीक्षा दिदी, मिलन, चक्र, सहनी सरदार आदि हुन् ।  यस कथामा लक्षु र सुदीप मुख्य पात्रकाे भूमिकामा आएका छन् । दिदी र सहनी सरदार सहायक पात्र हुन् । अरू सबै गौण पात्र हुन् ।  कविबाहेक सबै पात्रहरू असल पात्र हुन् । 


परिवेश -
‘लक्षु किन बोल्दिन’ भन्ने किशोर उपन्यासमा लक्षुको र सुदीपको घर, स्कुलको आँगन, कक्षाकोठा, सुदीपको मामाघर, मेलालगायतका ठाउँहरू स्थलगत परिवेशका रुपमा आएका छन् । यस कथामा एउटा गाउँको परिवेश छ । यस उपन्यासमा लक्षु र सुदीपलाई  एउटै कक्षामा पढ्ने सानैदेखिका साथीकाे रूपमा देखाइएकाे छ । सानाेमा धेरै बाेल्ने चलाख लक्षु पछि ठुली हुँदै गएपछि नबाेल्ने गरेकाे अवस्थालाई यस उपन्यासमा देखाइएकाे छ ।
 

कथावस्तु -
यो कथा लक्षु र सुदीप भन्ने दुई जना साथीका बारेमा हो। लक्षु र सुदीप कक्षा १ बाट साथी थिए। लक्षु सानैदेखि नै अति बाठी थिई। लक्षु अरूसँग धेरै बोल्ने गर्थी। कक्षा सकिसकेपछि पनि ऊ खेलेर बस्थी। तर बिस्तारै लक्षु चुप लाग्दै गई। ऊ सुदीपको घरमा हुँदा चुप लागेर बस्दिनथी, कुनैपनि काम गरिहाल्थी। आजभाेलि लक्षु र सुदीप एक अर्कासँग कम बोल्ने गर्छन्। अरु केटाहरूले लक्षुलाई जिस्काउन पनि थाले। पहिलाकी लक्षु भएकाे भए केटाहरुलाई लखेट्न थाल्थी। तर अहिले लक्षुले  लखेट्ने त के, कुरा पनि गर्न छाडी। एक दिन राम देव सरको कक्षामा सरले सबैलाई उठाएर ठुलो भएपछि के बन्ने भनेर सोध्नुभयो। सबैले डाक्टर, मिस, आर्मी, पुलिस बन्छु भने। तर जब राम देव सरले लक्षुलाई के बन्ने भनेर सोध्दा लक्षुले बिहे गर्छु भनी । सबै छक्क भए। पहिला म डाक्टर, मिस, आर्मी, पुलिस बन्छु भन्ने लक्षु बिहे गर्छु भनेर सुन्दा म पनि छक्क भए । उसलाई बिस्तारै विद्यालयमा सबैले जिस्काउन थाले।
 

निष्कर्ष -
यो पालिको मासिक पुस्तक पठनअन्तर्गतमा मैले ‘लक्षु किन बोल्दिन’ भन्ने किशोर उपन्यास अध्ययन गर्ने अवसर पाएँ । यो किशोर उपन्यासमा ९३ पाना रहेका छन् । यस कथामा १२ वटा अध्याय  छन् । केटी र केटा दुबै हाम्रा सन्तान हुन्। हामीले केटी र केटा बिच भेदभाव गर्नु हुँदैन भन्ने सन्देश यस उपन्यासले दिएकाे छ ।