Written by: Prapya Mishra - 32049, Grade IV
Posted on: 17 August, 2023
नौ महिनासम्म काेखमा राख्यौ
कति पीडा सहेर मलाई जन्मायौ ।
छातीमा टाँसेर मायाले हुर्कायौ
आफू भोकै हुँदा नि मलाई खुवायाै ।
मलाई दुख्दा तिमी कति रोयौ
जति थाके पनि मलाई मायाले छोयौ ।
आफू नसुती रातैभरी मलाई खेलायौ
छातीमा टाँसेर सधैँ दुध पिलायौ ।
सन्चो नभएर मैले तिमीलाई पिराउँदा
झर्को फिटिक्कै नमानी रात कटायौ ।
अहिले लाग्छ तिमी साथी हौ मेरो
तिमीले सिकाइ हटायौ जीवनको अँधेरो ।
तिमी नै हौ मेरो जन्मदाता र भगवान्
सहनशील धर्ती भन्दा पनि छौ महान् ।