Logo

Student Corner

प्रश्नले भरिएको मेरो बाल्यकाल

Written by: Sampada Sapkota - 25050, Grade XI

Posted on: 16 August, 2023

म पनि एकान्तमा सोच्छु अहिले के भयो ? किन भयो ? र यसो हुन आवश्यक थियो र ? जुन बाल्यकालमा हामीलाई रमाउन दिनुपर्ने थियो त्यो बाल्यकालमा किन किताबको ठेली हातमा राखियो किन हामीलाई जबजस्ती यो दुनियाँको भागदौडमा लखेटियो त ? 
धेरै सोच्दा पनि यसकाे उत्तर मैले पाइनँ । तपाईहरूलाई  केही  लाग्छ भने भन्नु होला है त  !
मैले त मेरो सुन्दर बाल्यकाल ती पाखापखेरा, ताल, छहारी र झरनाको सुन्दर आवाशमा बिताएँ तर के  मेरा भाइबहिनीले त्यो देखेका पनि छन् र ? के उनीहरूलाई यसको  अर्थ नि थाहा छ र ?
सायदै थाहा होला पनि किनभने अहिलेको  समय यस्तो आयो कि दुधे बालकदेखि  ठुल मानिससम्म त्यही कम्प्युटर र मोबाइलमै व्यस्त छन् । बाहिरी दुनियाँमा रमाउनुभन्दा उनीहरूलाई त्यही कम्प्युटरमा गेम खेल्न रमाइलो लाग्छ । योभन्दा दुःखद के नै मान्न सकिन्छ र ? 
आखिर यो किन भयो ? के  यसलाई एउटा यो दुनियाँ को बढ्दो गतिको असर भनेर बुझ्ने कि अहिलेको  प्रविधिको असर भनेर बुझ्ने त ?
यो सबै प्रश्नमा मैले मेरा बाल्यकालका केही कुरा त भन्नै बिर्सिछु । ल सुन्नुस है त मेरो बाल्यकालका केही कुराहरू ।  मैल मेरो बाल्यकाल सुन्दर र रमाइलो ढङ्गबाट बाँचेकै हुँ ।  

 

मेरो बाल्यकालका निकै मिठा यादहरू मैले आफूसँग साँचेर राखेकी छु । 
कति मिठा थिए ती बाल्यकालका दिन जहाँ न त कुनै पिर नै हुन्थ्यो न त कुनै चिन्ता नै !मेरो बाल्यकाल पनि असाध्दै रमाइलो,आनन्दित  र सुखमय थियो । आफूलाई त खासै याद छैन ।  
बाबाआमा  भन्नुहुन्छ  म पनि असाद्धै चञ्जले थिएँ रे । त्याे समयमा मलाई धेरै  खेल्न, घुम्न जान र अलिअलि नक्कल पर्न  मन पर्थ्यो भनेर उहाँहरू भन्नु हुन्छ ।
केही चित्त न बुझेको कुरा भयो भने त म सबैलाई  हैरान पार्थ्याै । हुन त अलि बढी जिद्दी नै रहिछु । अरू स्कुल जान रमाउँथे मलाई चै पटकै मन पर्दैन्थ्यो ।  मलाई बाबाले विद्यालय जानु  भन्नुभयो भने म कैले पेट दुख्यो भनेर बहाना गर्थेँ त कैले के भनेर बहाना गरेर कुरा टारिदिन्थेँ ।सबै सम्झिदा त लाग्छ,  यो उमेर र  बाल्यकालको उमेरमा निक्कै अन्तर रहेछ । अरु त के नै भन्नु खै तर यति कुरा याद छ कि यदि मलाई मेरो आमाले चकलेट दिनु भएन भने पुरै संसार कै दुःखी  मानिस म नै हो जस्तो लाग्थ्यो ।
तर मलाई के  थाहा थियो र त्यो चकलेट न पाउँदा भन्दा बढी  दुःख त अहिले सानो सानो कुरामा हुने रहेछ भनेर । सानोमा घाँगर चोली लगाएर पुरै दुनियाँलाई देखाउन । म कुदेको र सबैलाई बाबाले ल्याइदिनुभाएको भनेर सुनाउनुको मज्जा नै छिट्टै थियो । के  अहिलेका नानीबाबुहरू नि त्यही कुरा आनुभब गर्छन र ?
सायद नै गर्लान् उनीहरू ले त ! मलाई कसैले सानो उपहार दिँदा मेरो खुसीको सीमा नै हुँदैनथ्यो । त्यो ल्याइदिने मानिस त संसार कै राम्रो मानिस जस्तो लाग्थ्यो  
अहिले त यो सानो सानो खुसी कहाँ गए नै थाहा भएन । खै किन यस्तो भएको होला ?  
मैले बाल्यकालका सँगालेर राखेका यादहरू यहाँ भने । केही मनका जिज्ञासाहरू थिए त्यो नि पोखिदिएँ । अब यो सबै कुरालाई एकचोटि नियालेर हेर्दा त अहिले त निक्कै परिवर्तन भैसकेकी रहिछु  ।


  
समयक्रमसँगै म  पनि ठुली हुँदै गए । मेरो व्यवहारमा फरक आउँदै गयो तर  यति सम्झिदा खुसी लाग्छ ।  मेरो बाल्यकाल  आनन्दित  र रमाइलो  थियो । 
सम्झिरहिछु, ती मेरा बाल्यकाल फेरि फर्किदिएँ !