Logo

Student Corner

भाेगाइ

Written by: Sonu Lama - 27013, Grade IX

Posted on: 16 August, 2023

पल्लाे घरमा बुबाआमाकाे झगडा 
सबै घरले सुने रातदिनकाे झगडा 
बुवा घरबाहिर अर्कोसँग खै कता कता
आमा खान कुरिरहने घरमा यता

 

आमालाई रिस उठेर कराउने बर्बराउने 
बुवा भने आफ्नो हात गाेडा लर्बराउने
बाले आमा कुटेर कराउने आफैँ हराउने
छोराछोरी कता कता हेरेर राेइरहने

 

बिचरा अबाेध बालकहरू  हेरिरहन्छन् 
उनीहरूको सपना त्यही सबै रोकिन्छन् 
खै कता ठाेकिन्छन् र बा कता झाेकिन्छन् 
उनीहरू राेइरहन्छन्, बेसहारा जस्तै

 

सबैको आफ्नो बाध्यता यस्तै यस्तै हुन्छ 
जीवनमा सानो तिनो कुरा मात्रै हाेइन याे
आफ्नो छोराछाेरीकाे भविष्य पनि हाे याे
बाआमा  जन्मदाता मात्र हाेइनाै
कर्मदाता पनि हाै, संरक्षक पनि हाै ।