Logo

Student Corner

जीवनको अर्थ

Written by: Yawat Malla - 24049, Grade XII

Posted on: 15 August, 2023

अस्तित्वको चक्रव्यूहमा हराएर  म घुम्छु,
जीवनको सत्य जान्न विचलित म हुन्छु। 
डर छ मलाई केवल हो एउटा गहिरो सपना
न कुनै आदि न नै कुनै अन्त्य भेट्छु ।

 

अनिश्चित्ताको पर्दामा अन्धो म हिड्छु,
खोज्छु कहिले यहाँ त कहिले त्यहाँ,
र आफै भित्रको अन्धकारलाई सोध्छु,
के हो मेरो जीवनको अर्थ ?

 

बुबा  भन्छन्  घामछायासँगको सङ्घर्ष हो जीवन,
आमा भन्छिन् मायाको न्यानो सपर्स हो जीवन
र दिन्छन् नानाथरि मानिस हजारथरि जवाफ
तर जति खोज्छु, 
जति सोध्छु, 
जति बुझ्छु,
त्यति  नै आफू हराएको पाउछुँ । 



भन्छन् आमाबुबा  विषय हैन यो कुनै चिन्ताको 
बिस्तारमा ब्रह्मले मेरो जीवन कथा लेखेको
सोच्छु धागो आफ्नो हातमा नभए 
चङ्गा उडेको के मजा ?
तर भन्दिन म केही र लाग्छु खोज्न जीवनको अर्थ

 

प्रत्येक रात म ताराहरूलाई पछ्याउँछु
सोच्नु,
कि यी पनि थिए मजस्तै अर्थ खोज्ने जीवनहरू ?
जति सोच्छु, 
त्यति नै रातिको अँध्यारोमा हराउँछु
र शङ्काहरूको छायामा 
आशाको किरण खोजी बस्छु

 

कहिले सहेर कहिले बहेर बॅाच्न सिक्नुपर्छ,
हॅुदा बॅाडेर नहॅुदा सॅाचेर बॅाच्न सिक्नुपर्छ,
आत्मसन्तुष्टि र खुशी नै त रहेछ 
सबैको अन्तिम चाहाना  हजुर
जीवनमा अर्थ जोडेर नभई 
जीवनको अर्थ खोजेर बॅाच्न सिक्नुपर्छ ।