Logo

Student Corner

विदेसिने नेपाली

Written by: Phoebe Shrestha - 26016, Grade X

Posted on: 15 August, 2023

नेपाल एक विकासोन्मुख राष्ट्र हाे । यहाँ बिस्तारै विकास हुँदै गइरहेकाे छ । राेजगारीका अवसरहरू पनि कमै छन् । पछिल्लाे समय यहाँका अधिकांश युवाहरू देश छाड्ने गरेका छन् । यसका पछाडि धेरै कारणहरू छन् । दिनभर महिनाैँ काम गरे पनि जेनतेन गुजारा चलाउने स्थिति छ । अझ भनाैँ थाेरै तलबमा काम नगरे राेजगारी नै नपाउने स्थिति छ ।

 

नेपालमा विकासमा धेरै कुराको अभाव छ । यसरी युवाहरू आफू र आफ्नाे परिवार पाल्नका लागि विदेसिनुपर्ने अवस्था छ । नेपालका नेताहरूले विकासकाे वाचा मात्रै गर्ने र अन्त्यमा काम नगर्ने राजनीतिज्ञले गरिरहेका छन् । अष्ट्रेलिया होस्, अमेरिका होस्, अधिकांश युवाहरू आफ्नो सपना पूरा गर्न बाँच्छन् याे कुरा हामी सबैलाई थाहा छ । अन्य देशहरूमा उच्च अवसरहरू छन्, धेरै राम्रो शिक्षा, धेरै विश्वविद्यालयहरू, राम्रो स्वस्थ जीवनशैली आदिका कारण मानिसहरू लाेभिन्छन् । नेपालमा खै केही न केही कुरा नमिलेजस्ताे अभाव हुने भएकाले छिट्टै विकास गर्न गाह्राे पनि छ । हामीले यो देशमा धेरै अवरोधहरू देखेका छौँ ।

 

स्वस्थ भएर बाँच्ने र राम्रो जीवनशैलीको चाहना गर्ने मानिस सबै हुन्छन् । अधिकांश युवायुवतीहरू विदेशमा गएर शान्तिपूर्वक जीवन बिताउन रुचाउँछन् । हरेक मानिसमा राम्रो जीवन, स्वास्थ्य वा समृद्ध जीवन शैली, उच्च गुणस्तरीय शिक्षा आदिको उच्च अपेक्षा वा इच्छा हुन्छ तर हामीले त्यो भेट्टाउँदैनौँ । आजका पुस्ताको कुरा गर्दा यो पुस्तामा बहुसङ्ख्यक जनताकाे चाहना पनि यही नै छ । अबकाे समय यस्ताे भइसक्याे कि पृथ्वीका हरेक मानिसहरूले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न थालिसके । यसका धेरै फाइदाहरू छन् र अन्य धेरै बेफाइदाहरू पनि छन् । व्यक्तिले यसकाे प्रयाेग के र कसरी गर्ने भन्ने मात्र फरक कुरा हाे ।
काम गर्न र परिवारकाे पालनपाेषणका लागि पनि विदेसिने नेपालीकाे सङ्ख्या पनि धेरै नै छ भने सुख - सुविधा र अवसरका लागि विदेसिनेकाे सङ्ख्या पनि धेरै नै छ । जे हाेस् राेजगारी, अध्ययन र भ्रमणका लागि नेपालीहरू देश बाहिर जाने गर्छन् ।