Logo

Student Corner

चरा (कविता)

Written by: Livana Karmacharya - 30013, Grade VI

Posted on: 15 August, 2023

चरा छाै तिमी रङ्गीबिरङ्गी 
सानो छौ तिमी तर निकै बुद्धिमानी 
छन् तिम्रा आँखा कति प्यारा प्यारा 
गीत गाउँछौ तिमी मिठा र सुरिला

 

प्वाँख फिजाएर उड्छाै माथिमाथि 
मलाई पनि बनाऊ है तिम्रो असल साथी 
हेर्दा साना छौ तर शक्तिशाली 
विश्व भ्रमण गर्छौ  है पङ्ख उचाली

 

विश्वको भ्रमण गर्न पाउने तिमी कति भाग्यमानी
तिमीबाट सिक्नुपर्छ हामीले असल बानी
तिमी सबै देशका वनवनमा डुल्छौ 
बच्चादेखि बुढासम्म सबैको मनमा बस्छौ