Logo

Student Corner

एसइई परीक्षा पछिका दिनहरू

Written by: Sana Shrestha - 25056, Grade XI

Posted on: 14 August, 2023

वि. स. २०७९ चैत्र १७ गते सुरू भएकाे एसइई परीक्षा चैत्र २६ गते सकियाे । मैले परीक्षाकाे लागि धेरै मिहिनेत र लगनका साथ पढेकी थिएँ । याे एक वर्ष आफ्नाे पढाइमा धेरै ध्यान दिएकी थिएँ मैले । 


यही कारणले गर्दा पनि मेराे परीक्षा राम्राे भएकाे थियाे । परीक्षा सकिनेबित्तिकै म र मेरा साथीहरू विद्यालय गयाैँ र गुरुहरूलाई भेट्याैँ । त्यसपछि हामी आ आफ्ना घर गयाैँ । मेरो परीक्षा सकिएकोमा म धेरै खुसी थिएँ । त्यसपछिका दिनहरूमा मिलाएर फोनमा गेम खेलें र दिनभर रमाइलो गरें । त्यसपछि मेरा आमाबुबाले मलाई रेस्टुरेन्टमा लिएर जानुभयाे । हामीले मःमः खायौं । धेरै स्वादिष्ट थियो । एक हप्ता जति म आमाकाे घरमा बसेर आएँ । त्यता म धेरै ठाउँहरू घुमेँ र धेरै रमाइलाे गरेँ अनि १ हप्तापछि आफ्नाे घर आएँ र मेराे  साथीहरूसँग घुम्न गएँ । हामी मेलामा गयाैँ । एकदमै रमाइलाे गर्याैँ । त्यसपछि हामी पार्कमा गयौं र हामीले धेरै खेल खेल्यौं । त्यताबाट फर्केर हामी रेस्टुरेन्टमा गएर खाजा खायौं । अनि भोलिपल्ट हामी कन्सर्टमा गयौं । गायकहरूको स्वर निकै राम्रो थियो । त्यहाँ पनि  हामीले धेरै रमाइलो गर्यौं । 


अब कुन विषय पढ्ने भन्ने सोचेँ । २–३ दिनपछि व्यवस्थापन लिने विचार गरेँ किनभने कम्प्युटर पढ्न मलाई त्यो सजिलो हुन्छ भनेर भन्नुभयो । तर धेरैले मलाई भने विज्ञान मेरो लागि राम्रो विकल्प हुने छ किनकि मैले त्यता सजिलो जागिर पाउन सक्छु र मैले विज्ञान छनोट गरेमा उच्च पद पाउँछु तर मैले उनीहरूको कुरा सुनिनँ र व्यवस्थापन सजिलो छ भने म त्यो रोज्छु भन्ने सोचेँ । अनि १- २ दिनपछि म र मेरो साथी एक दुईओटा कलेजहरू पनि हेर्न गयाैF। अनि कलेजहरूबाट आएपछि मैले राम्रो कम्प्युटर कक्षाहरू खोज्न थाले तर कम्प्युटर पढाउने ठाउँहरू पहिले नै सुरु भइसकेका थिए त्यसैले मैले सुरु हुन लागेको कक्षाहरू खोजेF । लामो समयको खोजपछि कम्प्युटर सिकाउने राम्रो ठाउँ भेटियो जुन एक हप्ता पछि सुरु हुन लागेको  थियो ।अनि मैले कम्प्युटर कक्षामा पनि पढ्न थाले । त्यो ठाउँ ३० मिनेटको दुरीमा थियो त्यसैले म सधैं मेरो घरबाट त्यो ठाउँसम्म हिँडेर जान्थेँ । त्यहाँ सबैजना एकदमै मिलनसार थिए।
मेराे एसइईकाे नतिजा नआएसम्म म त्यही कम्प्युटर कक्षामा सहभागी भएँ। त्यता मैले धेरै कुराहरू सिक्न पाएँ । अनि त्यतै मैले दिदीहरूसँग मिलेर बास्केटबल पनि खेलेँ । शनिबारकाे दिन चाहिँ छुट्टि हुनाले म पाैडी खेल्न जान्थेँ। फुर्सदको समयमा मैले बुनाई गर्न थालें र मफलर बनाएर आमाबुवालाई देखाएँ। उहाँहरू धेरै खुशी हुनुभयाे । 


मैले युट्युब भिडियो हेरेर चित्र र शिल्प बनाउन थालें । मलाई कला र शिल्प बनाउन धेरै समय लाग्यो किनकि मैले गल्ति गरिरहेको थिएँ। तर धेरै गल्तीहरू पछि मैले अत्यन्त सुन्दर चित्रहरू बनाएँ । 


एकदिन मैले पत्रिका पढ्दै गर्दा हिस्सानले कलेजहरूकाे मेला सङ्गठित गरेकाे देखेँ । यही बेला पेन्टिङ्ग पनि गर्न सिकेँ। मलाई धेरै रमाइलो लाग्यो । मैले मेरो छुट्टीको समयमा धेरै ठाउँहरू भ्रमण गरें र मेरा साथीहरू र परिवारहरूसँग धेरै नयाँ सम्झनाहरू बनाए । मैले मेरो छुट्टीको समयमा धेरै कुराहरू सिकें र नयाँ चीजहरू गर्ने प्रयास गरें । यसरी मैले मेराे छुट्टिका दिनहरू बिताएँ ।  


याे कुरा मैले मेराे साथीहरूलाई भने । अनि हामी त्याे मेलामा गयाैँ। त्यता मैले धेरै कलेजहरूकाे बारेमा थाहा पाएँ।  हामी कलेजहरू हेर्न पनि गयाैँ । मलाई राम्राे लागेकाे कलेजहरूकाे मैले फारम भरे र प्रवेश परीक्षाकाे लागि पढ्न थालेँ। एसइईकाे परीक्षाफल साेमबार आउने हल्ला थियाे । जति परीक्षाफल नजिक आउँदै गयाे त्यति मलाई डर लागिराखेकाे थियाे । साेमबार परीक्षाफल नआएर बिहीबार आउने भनेर सूचना आएकाे थियाे। त्याे दिनभन्दा एक दिन अगाडि मैले एसइई परीक्षाफलकाे बारेमा साेचिराखेकी थिएँ अनि खराब अङ्क ल्याएकाे सपना देखेर त मलाई त झन डर लाग्न थाल्याे। बिहीबारकाे दिन बुबा, म र आमा परीक्षाफलकाे प्रतीक्षामा थियाै । 


मैले ८७% ल्याएकाे देखेर मेराे आमा बुबा खुसी हुनुभयाे ।  म पनि खुसी भएँ । मैले मेराे आफान्तलाई फोन गरेँ। सबैले मलाई बधाई दिनुभयाे। मैले सबै गुरुहरूलाई फाेन गरेर कृतज्ञता व्यक्त गरेँ । अनि भाेलिपल्ट विद्यालय गएर सबैलाई मिठाई बाडेँ । 
मेरी हजुरआमाले मलाई टिका लगाइदिनुभयाे । धेरै कलेजहरू गएपछि बुबाले मलाई बोलाउनुभयो र मलाई विज्ञान लिन राजी गराउनुभयो किनभने हामीले विज्ञान छनोट गरेमा धेरै विकल्पहरू खुल्छन्। त्यसपछि मैले धेरै गम्भीरतापूर्वक सोचें कि यदि विज्ञान आवश्यक छ र यसले धेरै रोजगारीको अवसर बढ्छ भने म विज्ञान नै रोज्छु । त्यसपछि मैले मेरो प्रवेश परीक्षाको लागि अध्ययन गर्न थालेँ । म धेरै चिन्तित थिएँ कि मैले प्रवेश परीक्षा पास गर्न सक्छु वा सक्दिनँ किनभने मैले ब्रिजकोर्स पढेकी थिइनँ र अरूले भनेअनुसार धेरैजसो प्रश्नहरू ब्रिजकोर्सबाट आउँछन्। अनि २/३ दिनपछि मलाई राम्रो लागेकाे कलेजहरूमा मैलै प्रवेश परीक्षा दिएँ । प्रवेश परीक्षा दिएपछि म ढुक्क भए तर एकै समयमा डर पनि थियो तर केही दिनपछि धेरै कलेजहरूमा छनोट भएँ । अनि मैले र मेरा आमाबुवाले कुन कलेज रोज्ने भनेर लामो समयसम्म सोच्नुभयो र अन्त्यमा निर्णय गर्नुभयो । म अहिले डियरवाक सिफल स्कुलमा अध्ययन गर्दै छु ।