Logo

Student Corner

बेरोजगार

Written by: Krishma Thapa - 27005, Grade IX

Posted on: 14 August, 2023

मानिसहरू प्रतिदिन यहाँ
बेरोजगार भइरहेछन्  र हुँदै छन् ।
तिनीहरू सबै चिन्तित मुद्रामा
काम खोज्दै जीवन धकेलिरहेछन् ।

 

तिनीहरू जीवनको आशा मारेर
केवल निराशामा बाँचिरहेछन् । 
आफ्नो परिवार र भविष्य सम्झिँदै
र जीवन  तन्काउँदै धकेलिरहेछन् ।

 

सबै विदेसिदै छन् यहाँ
फर्किन्छन् कि फर्किदैनन् यहाँ
आफ्नो जीवनको आशा मारेर
परिवारकाे सपना बाेकेर


सबै आआफ्नै धुनमा व्यस्त छन्
काेही काममा त काेही यसै मस्त छन्
छैनन् धेरै खुसी सामान्य मानिसका
एक पेट खाने र लाउने मात्र आश मानिसका ।