Logo

Student Corner

पुस्तक समीक्षा : उज्यालो आकाश

Written by: Edha Bista - 33045, Grade III

Posted on: 14 August, 2023

उज्यालो आकाश कथा यशु श्रेष्ठले लेख्नुभएको हो । यो कथा आकाश भन्ने केटा भुइँचालोसँग डराएकाे बारेमा लेखिएको छ । एक दिन आकाश घर बाहिर भाग्छ । दिदीले “हवाइजहाज आएकाे हाे नभाग, भुइँचालो आएको हैन” भन्दै उनी भाइकाे पछि कुद्छिन् । आकाश “भुइँचालो आयो” भन्दै घरतिरबाट स्कुलतिर जान्छ । आमा र दिदीले आकाशलाई खोज्नुहुन्छ । छिमेकीहरूलाई पनि सोध्नुहुन्छ । सबैजना भएर आकाशलाई खोज्छन् । आकाश स्कुलपछाडिको पोखरीमा गएर त्यहाँ झ्याङमा लुकेर बसेको हुन्छ । दिदी भाइलाई खाेज्दै त्यहाँ आउँछिन् । त्यसपछि दिदीले भाइलाई सिन्काहरू बटुलेर खेल खेलाउँछिन् । उनीहरूले सिन्काको र बालुवाको घर बनाउँछन् । दिदीले भाइलाई स्कुल बनाउन सहयोग गर्छिन् । उनीहरूको बालुवाले बनाएको कच्ची घर पानीको छालले बगाउँछ । दिदीले यसरी हाम्रो घर बलियो छ । भुइँचालोले केही गर्दैन भनेर भाइलाई सम्झाउँछिन् । यसरी खेलैखेलमा आफ्नो घर बलियो रहेछ बालुवाको जस्तो कच्ची रहेनछ भनेर भाइले बुझ्छ र उनीहरू घर जान्छन् । घरमा पनि बुबा आउनुभएको हुन्छ । आकाशको अनुहार उज्यालो हुन्छ ।