Logo

Student Corner

स्मृति

Written by: Subir Acharya - 24072, Grade XII

Posted on: 09 August, 2023

जीवनको यात्रामा अनुभवहरू बोकी,
हामी सँगै उभिएका छौँ । 
यी अनुभवहरू हाम्रो अन्तर्मनमा बसेका छन्,
लामाे जीवनको यात्रामा सँगै लिएर अगाडि बढ्नुछ  ।

 

जीवनको पाठशालामा तिम्रो शूक्ष्म मुस्कान लुकेको छ,
जसले मेरो आत्मामा एक अमिट छाप छोडेको छ। 
स्मृतिले मलाई,
उदासी र सपनाहरू बीच पुनः नजिक ल्याउँछ ।

 

सफलताको सङ्गी बन्न चाहन्छु म,
अगाडि बढ्न, प्रतिबद्ध छु म यो यात्रामा। 
स्मृतिहरूले मलाई,
कविताको संसारमा पुर्याउँछ।

 

जीवनको पाठशालालाई म अक्षरमा समेट्न सकेँ,
मेरा भावनाहरूलाई मैले अनौठो शब्दको रूप दिएँ ।
आनन्द र चुनौतीका पलहरू मार्फत,
म यी स्मृतिहरूलाई कवितामा भेट्न पुगेँ।

 

भावकताको पात्र होइन यो कविता,
यी साधारण शब्दमा बिछाइएको सत्यता हो । 
स्मृतिहरूलाई समेटी बनेको,
मेरो जीवनको एक छोटो सिप हो यो कविता ।