Logo

Student Corner

किसानको सङ्घर्ष

Written by: Sauharda Bajracharya - 26010, Grade X

Posted on: 09 August, 2023

दिनरात खटेर गर्छौ काम तिमी,
घाम होओस् वा पानी पछि नहट्ने तिमी,
अन्नबाली रोपेर जीवनयापन गर्ने तिमी,
गरिबीको पीडाले जीवन धान्न गाह्रो पार्ने

असारमा धान रोप्छौ, वैशाखमा मकै,
कति मिहिनेत गर्छौ तिमी, तर लिदैनौ फाइदा,
बेच्छौ दलाललाई उठाउँछन् उनी नै फाइदा,
दिनरातको मिहिनेत सबै जान्छ कता कता ।

देश गरिब छ, तिमी पनि त्यस्तै,
खुसीको पल अनमोल, तिमी जस्तै जस्तै,
जीवन खै यस्तै हो की, सङ्घर्षमै बिती जाने,
आज भोलिभन्दा भन्दै, माटोसँगै मिली जाने,

रातको उज्यालोलाई अन्धकारले छेक्छ,
तिम्रो सबै मिहिनेत दलालले बेच्छ,
तर के गर्न सक्छौ र तिमी,
तिमी त किसान मात्र न पर्यौ ।