Logo

Student Corner

घरको खानेकुरा

Written by: Aarohi Malakar - 34005, Grade II

Posted on: 09 August, 2023

हामीले घरमै बनाइएकाे सन्तुलित खाना खानुपर्छ । घरको खानेकुरा स्वास्थ्यको लागि राम्रो हुन्छ । हाम्रो शरीरलाई स्वस्थ खानेकुरा चाहिन्छ । बाहिर पसलमा पाइने खानेकुराहरू धेरै पिरो र मसला बढी राख्ने हुँदा मलाई मन पर्दैन । ती खानेकुराहरू हाम्रो शरीरका लागि राम्रो पनि होइनन् । त्यसैगरी बाहिर पाउने प्याकेटका खानेकुरा बासी हुन्छन् । घरमा हाम्रो आमाबुबाले हाम्रो स्वास्थ्यको ख्याल राखेर मिहिनेत गरी खाना पकाउनुहुन्छ । घरको खानेकुरा निकै स्वादिलाे हुन्छ । त्यसैले मलाई घरको खानेकुरा मन पर्छ । म सधैँ घरमा बनाइएकाे खानेकुरा खान्छु ।