Logo

Student Corner

भ्रमणले मनाेरञ्जन मात्र नभई नयाँ अनुवभ पनि दिने

Written by: Sparsha Dahal - 25073, Grade XI

Posted on: 08 August, 2023

शैक्षिक भ्रमण आफैमा सिकाइकाे थलाे अनि भरपूर मनाेरञ्जनकाे माध्यम हाे । हुन त भ्रमण कसलाई पाे मन पर्दैन हाेला र ! तर पनि मानव हाे । 
हरेकका रूचि, इच्छा, चाहाना फरक हुन्छन्र पनि । 
जे हाेस्, म चाहिँ भ्रमणमा औधि रमाउने मान्छे । 
मलाई पनि मेरो विद्यालयले कक्षामा रहँदा शैक्षिक भ्रमण  मुक्तिनाथ लैजाने टुङ्गो भएको थियो । त्यसअनुसार भ्रमण कार्तिक २० गते सुरु हुने र यो यात्रा चार रात पाँच दिनको हुने छ भनिएको थियो । यो कुरा सुनेर म र मेरा साथीहरू निकै खुशी थियौँ र मैले घरबाट अनुमति पनि पाइसकेकाे थिएँ । अलिकति डर पनि थियाे कतै जान नै नपाइने हाे कि भन्ने कुराकाे । 



२०८० कार्तिक २० गते बिहान छिट्टै उठेर नुवाइधुवाइ गरी खाजा खाएलगत्तै बुबाले मलाई विद्यालय पुर्याइदिनुभयो । सबै साथीहरु उपस्थित भइसकेका रहेछ । 
सबै साथीहरूका अनुहारमा त्यस दिन मैले छुट्टै ऊर्जा अनि निकै उत्साह थियो । 
भगवानको नाम लिएर यात्राको आरम्भ भयो । बिहान करिब ८ बजे बसमा हिडेका हामी बीचबीचमा नेपाल को सौन्दर्य हेर्दै खाजा,खाना खाँदै नाँचगान गर्दै करिब बेलुकी ९ बजेतिर हामी बेनी पुगेका थियौ । शरीर थकित थियाे । खाना खाएर छिट्टै सुत्यौँ ।  दोस्रो दिन हामी बिहान न्वाइ ध्वाई गरि चिया खाजा खाएर मन्दिरतिर लाग्यौ । करिब ४ /५ घण्टापछि मुक्तिनाथ मन्दिर पुग्यौँ ।  
लेक लागेका कारण म केही समय गाडीमा आराम गरी औषधी खाएर मात्र मन्दिरतिर उक्लिएँ । शरीर फतक्कै गल्ने, शक्ति नै नभएजस्ताे हुने, बान्ता हाेलाजस्ताे हुने लेक लाग्दाका लक्षण रहेछन् । जीवनमा पहिलाे पटक लेक लागेकाे अनुभव मैले महशुस गरेँ । मन्दिर तथा त्यहाँको प्रकृति हेरेर रमाउँदा त्यो लेक धेरै बेर टिक्न पाएन । माथि पुगेपछि हामीले त्यहाँ १०८ धारा र २ कुण् मा स्नान गर्यौ ।

 

तत् पश्चात् हामीले सामूहिक तस्बिर खिच्याैँ अनि तल तिर लाग्यौ । त्यस दिन हामी तल ओर्लेर बसमा लोमानथाङ्ग जाने बाटोमा पर्ने छुसाङ्ग गाउँमा बास बस्न गयौ । 
छुसाङ्ग गाउँ पनि निक्कै रमाइलो गाउँ रहेछ । पुराना घरहरू दरबारहरूको दृष्य अवलोकन गर्नुका साथसाथै त्यहाँ बसोबास गर्दै आएका मानिसहरूको जीवन नजिकबाट बुझ्ने अवसर पायौँ । त्यहाँ साँझमा हामीले आगोको मुडा बालेर नाँचगान पनि गर्यौ । भोलिपल्ट बिहान हामी त्यहाँ नजिकैको कालिगण्डकी नदीमा सालिकग्राम खोज्यौँ । जम्मा २ ओटा मात्र सालिकराम भेट्टायौँ । त्यसपछि चिया खाजा खाएर फर्कन थाल्यौँ । बीचबीचमा रोक्दै नेपालको प्राकृतिक सुन्दरता हेर्न पनि पछि परेनाैँ । यही बिचमा मन्दिरहरूको दर्शन पनि गर्याैँ  रुक्षे तथा अरु विभिन्न  झरनाहरूको हेरेर अचम्मित भयाैँ । गाडीमानाँचगान गर्दै बेलुकी ५ बजेतिर पुनः बेनी पुगेका थियौँ । त्यहाँ पुगेर बेनीको प्रसिद्ध मन्दिर दर्शन गर्यौँ र त्यहाँ पनि साँझमा आगो ताप्दै गोलो घेरा बनाइ नाँचगान गर्यौँ । भोलिपल्ट हाम्रो आन्तिम दिन थियो । हामी पोखरा फर्क्यौ ।
पोखरामा हामी त्यहाँका केही प्रसिद्ध पर्यटक स्थलहरू जस्तै बिन्दाबासिनी मन्दिर, महादेव गुफा, शिवको मूर्ति, फेवाताल आदि ठाउहरू घुम्यौँ । 
भोलिपल्ट हामी खाना खाएर काठमाडौँ फर्क्यौ । 
आन्तिम दिन भएर होला, त्यो दिन कहिले नसकियाेस् झैँ भएको थियो ।  
काठमाडाैँ फर्कने क्रममा गाडीमा नै हामीहरू दोहोरी खेल्दै, नाँचगान गर्दै, अरु विविन्न खेल खेल्दै गर्दा समय र बाटो बितेको हामीलाई पत्तै भएन । 
बीचमा सडक आवरोधको कारणले अलि ढिलो पनि भएकै हाे । विद्यालय आइपुग्दा बेलुकी को ८ बजेको थियो । बुबा पनि विद्यालयमा मेरै पर्खाइमा हुनुहुँदोरहेछ । यात्रामा थकित भएर आएकोले गर्दा खान खाएर सुतेको म भोलि पल्ट १० बजे मात्र उठेँ । भोलिपल्ट मैले बटुलेर ल्याएका पलहरू परिवारलाई सुनाएँ र उहाँहरूका लागि मैले ल्याएको कोसेली र प्रसाद बाडेँ । त्यो देखेर उहाँहरु खुसी हुनु भयो ।
यसरी २०८० कार्तिक २० गते काठमाडौँस्तिथ विद्यालयबाट सुरु भएर  २४ गते साँझ विद्यालय आएरै सक्किएकाे थियाे हाम्रा यात्रा ।  
यो शैक्षिक भ्रमणबाट मैले धेरै कुरा सिक्न र अनुभव पनि गर्न पाएँ । यसले विद्यार्थीहरूलाई मानसिक रूपमा ताजा बनाउनुका साथसाथै मानसिक शक्ति दिएर पढाइमा अझै रुचि राख्न मदत गर्छ । याे मैले अनुभूत गरेकाे कुरा हाे । 
यसले गर्दा विद्यार्थीहरुले ताजा दिमागले पढ्न पाउने छन् । यसले विद्यार्थीहरूले नेपाल र नेपालका सम्पदाहरूका बारेमा ज्ञान प्राप्त गर्ने छन् । जसले सामान्य ज्ञान पनि बढाउने छ । त्यसैले मेरो बिचारमा हरेक विद्यालयले आफ्ना विद्यार्थीहरुको वृद्धि विकासका लागि शैक्षिक भ्रमणमा एकपल्ट मात्र भए पनि लैजाने पर्छ ।