Logo

Student Corner

आश्वासन

Written by: Amu Shakya - 27021, Grade IX

Posted on: 08 August, 2023

रमन विद्यालयको एक कमजोर विद्यार्थी थियो । ऊ पढाइमा तेजस्वी थिएन । अन्य विद्यार्थीले उसलाई “तँ भविष्यमा केही गर्न सक्दैनस्, तेरो भविष्य अन्धकार छ” इत्यादि भनेर गिज्याउँथे । त्यसका कारण ऊ निकै भावविह्वल हुन्थ्याे । यस कारण उसको चिकित्सक बन्ने महत्वकाङ्क्षा पनि निराशामा रूपान्तरण हुन्छ । उनमा आत्मविश्वास कम हुँदै जान्छ । आफूलाई एक्लोपनकाे अनुभूति गर्छ । सहानुभूतिको अपेक्षा गरी उसले आफ्ना केही मिल्ने साथीसँग यसबारे कुरा गर्छ तर ती साथीहरूले उसलाई सहानुभूतिको साटाे हेप्न खोज्छन् ।

 

रमनले झनै एक्लाेपनकाे महसुस गर्छ । ऊ निकै विक्षिप्त हुन्छ र आफ्नो हजुरबुवासँग यसबारे कुरा गर्छ । “मेरो त भविष्य अन्धकार छ, म भविष्यमा केही गर्न सक्दिन । परीक्षामा जम्मा मात्र २६% आएको छ, यसरी म कसरी भविष्यमा डाक्टर बनुँला?” यति भन्दै ऊ रुन थाल्यो । हजुरबुवाले उसलाई शान्त पारी भन्न थाले, बाबु ! जिन्दगीमा सफल त मानिस लगनशीलता सङ्घर्षले हुन्छ । परीक्षा त आफूले सिकेका कुराको प्रस्तुति मात्र हो । परीक्षामा धेरै अङ्क ल्याउँदा भविष्य उज्जवल हुने र कम आउँदा भविष्यमा केही उपलब्धी नहुने भन्ने कुरा मानिसले फैलाएको आफवाह मात्र हो । जीवनमा लक्ष्य प्राप्तिको लागि गरिने मिहिनेतले सफलता प्रतिबिम्वित गर्छ । परीक्षाको नतिजाले हाेइन । यसको अर्थ परीक्षामा जानीजानी नराम्रो गर्नु चाहिँ  हाेइन । परीक्षाले जीवनमा गरिने मिहिनेत र सङ्घर्षलाई सिकाउँछ । जीवनमा मानिसहरूबिच हुने प्रतिस्पर्धालाई सङ्केत गर्छ । तर परीक्षा र सफलताबिच कुनै सम्बन्ध छैन । तिमी मिहिनेत गर, फलको आशा नगर । कर्मले नै फलको निर्धारण गर्छ ।”
रमनले रुन बन्द गरी भन्यो, “हजुरबुवा, परीक्षाले भविष्य निर्धारण गर्दैन भन्ने कुरा बुझेँ तर परीक्षा नराम्रो हुँदा मेरा साथीहरूले मलाई किन गिज्याउँछन् त ? म केही गर्न सक्दिनँ भनी सधैँ जिस्काइरहन्छन् ।”
हजुरबुवाले भन्नुभयो, “जिन्दगी आफ्नो, लक्ष्य आफ्नो, आकाङ्क्षा आफ्ना् छन् भने अरूको कुरा सुनेर भावुक किन हुने ? ”
रमनले हजुरबुवाको कुरालाई कार्यान्वयन गरेर आफ्नो लक्ष्यतिर ध्यानकेन्द्रित गर्यो । साथीहरूले उनलाई निरुत्साहित गर्दा पनि उनले बेवास्ता गरे ।  निकै ठुलो सङ्घर्ष गरी अन्तिम परीक्षामा विशिष्ट श्रेणी ल्याए र हजुबाले दिएको आश्वासनमा उनी कृतज्ञ भए । रमनका साथीहरूले पनि आफ्नो पाठ सिके ।
अन्ततःअरूलाई निरुत्साह नगर्नु, कसैले निरुत्साहित गर्न खाेजे वेवास्ता गर्नु, असल कर्मकाे अनुसरण गर्नु आफ्नाे कर्तव्यबाट विचलित नभए गन्तव्यमा अवश्य पुग्न सकिन्छ,तर हार मान्नु हुँदैन।