Logo

Student Corner

पोखरा घुमघाम

Written by: Prasoya Yadav - 33014, Grade III

Posted on: 08 August, 2023

पोखरा नेपालमा पर्दछ । नेपालका सहरहरूमध्ये विकसित र पर्यटकीय सहर पोखरा हो । पोखरामा धेरै प्राकृतिक दृश्यहरू छन् । पोखरामा धेरै गुफाहरू पनि छन्  जस्तैः चमेरो गुफा, गुप्तेश्वर महादेव गुफा आदि । पाेखरामा धेरै तालहरू छन् । फेवाताल गहिरो र ठुलो ताल हो । पोखरामा मन्दिरहरू छन् । तालबाराही मन्दिर पोखराको प्रसिद्ध मन्दिर हो । पोखराकाे लेकसाइडमा धेरै होटलहरू छन् । विदेशी र स्वदेशी पर्यटकहरू धेरैजना यहाँ घुम्न आउँछन् । यहाँ धेरै झोलुङ्गे पुलहरू पनि छन् । पहाडहरूको धेरै राम्रो दृश्य पनि यहाँबाट देखिन्छ । डुङ्गा चढेर पर्यटकहरू तालमा घुम्छन् । पोखरामा पर्यटकहरू प्याराग्लाइडिङ चढेर घुम्ने पनि गर्छन् । झरनाहरू पनि धेरै पोखरामा पाइन्छन् । यहाँकाे दुधकोसी नदी प्रसिद्ध नदी हो । दुधकोसी नदीकाे पानी दुध जस्तै देखिन्छ । यहाँ सुन्दर चराहरू छन् । पोखरामा सुन्दर घरहरू छन् । पोखराको दृश्य हरियो र सफा देखिन्छ । बाटाघाटा पनि धेरै राम्रा र सफा छन् । मलाई पोखरा धेरै मन पर्छ । यहाँ धेरै रमाइलो गर्ने ठाउँहरू छन् । पोखराबाट माछापुच्छ्रे हिमाल र धवलागिरि पहाड देख्न सकिन्छ ।