Logo

Student Corner

एउटा अनौठो घटना

Written by: Samriddha Raj Satyal - 24063, Grade XII

Posted on: 07 August, 2023

“बाबु, उठ् ! आठ बजि सक्यो। आज तिमीहरूको विद्यालयले भ्रमण गर्न लैजान लाको होइन ?” “आ… एकछिन सुत्छु के मामु” भनेर म एकछिन निदाएछु । बिहानी पखकाे त्याे समयमा मैले एउटा डरलाग्दो सपना देखेँ । 
हामी सबै जना बसमै थियौँ। सबै जना थकित अनुहार लिएर कहिले पुगिएला भन्दै सोच्दै थियाैँ । 
एक्कासि, बस रोकियो, बाहिर हेर्दा रगतै रगतले लतपत भएको एउटा केटीको लास देखियो ।
“बाबु, छिटो उठ् भनेको ।” म झसङ्ग भएँ । भन्छन् बिहान देखेको सपना साँचो हुन्छ तर मैले आदि सपना बिर्सि सकेको थिएँ । मलाई त्यही अनुहार मात्र याद थियो । एउटा केटीलाई ट्रकले हानिदिएको याद थियो । म सबै कुरा बिर्सेर मुख धुन गएँ । ऐना हेर्दा मेरो मगजमा त्यही केटीको अनुहारको झझल्को पाएँ । म झसङ्ग भएँ । मुख धोएँ । मामुलाई सपनाको बारेमा भन्न मन थियो तर नराम्रो सपना अरुलाई भन्न हुँदैन अरे। मामुले खाना ल्याइदिनु भयाे । खाना खाएर चुपचाप म स्कुल बस पर्खि रहेँ । 
“ओए, त आज किन यति चुपचाप, झन् आज त भ्रमण हो !” साथी स्पर्शले भन्यो । उसले मलाई तानेर नाच्न लगायो। एकछिन रमाइलो भएको थियो। मैले बिहानको सपनाको बारेमा बिर्सिसकेको थिएँ । हामी खुब नाच्याैँ, गायौं, रमाइलो पनि गर्यौ । अजय सर पनि हामीसँग नाच्न आउँदा हामी झन् रमायौँ।
एकैछिनमा सबै जना थाक्यैँ । हामी त्यहाँ पुग्यौँ। सबै जनाले रमाइलो गर्न थाले। त्यहाँ एउटा गहिरो अध्यारो ताल थियो । त्यो ताल हेर्दै डरलाग्दो थियो । त्यो तालले मलाई तानिरहेकोझैँ मलाई अनुभव भयो। “ओए, कता गैरहेको समृद्ध ?” निगमले बोलायो । म झसङ्ग भएँ । साच्चै, त्यो तालले मलाई तानिरहेछ  । मलाई अचम्म लाग्न थालिसकेको थियो । केही कुराले वशमा पारेझैँ मलाई महसुस भयो । त्यो ठाउँको अनुभूति मलाई मन परेको थिएन, कहिले, फर्कुलाँझैँ भएको थियो । एक दुइ घण्टा त्यही बिताएर हामी स्कुल फर्कनलाई बसमा फेरि चढ्यौ। अहिले भने, कोही नाच्न मानेका थिएन । हामीले चिप्स, कुरकुरे ल्याएका थियौँ । हामी गित सुन्दै त्यहीँ खाँदै बस्यौँ । एकैछिनमा म झपक्क निदाएछु। म फेरि सपनाको संसारमा प्रवेश गरेँ। यसपाली म मैले हात खुट्टा, केही चलाउन सकेको थिइनँ। 
एक्कासि, मेरो मुख अगाडि, एउटा जनावर आयो। म झसङ्ग भएँ । “हा हा हा हा, यसको त सातै उडेछ। हा हा हा हा”। नायेम मेरो मुख अगाडि आएर तर्साइ रहेको रहेछ।
“ह्या, त्यस्तो नगर न यार, एकछिन सुत्न दे न” मैले अलि चर्को आवाजमा भने, र फेरि सुतेँ। “समृद्ध, मलाई बचाऊ, बचाऊ  समृद्ध !” एउटा महिला कराई रहेको जस्तै सुने । म फेरि निन्द्राबाट बिउँझिएछु । यता, उता हेर्दा, सब आफ्नै तालमा थिए । अगाडि स्मृति भन्ने एउटा केटीले मलाई अनौठो दृश्यले  हेरिरहेकी थिई । मानौ, उसले मलाई केही नराम्रो गर्न लाग्या जसरी । मैले उसलाई ध्यान दिइनँ पनि । निकै समय बितिसकेको थियो।  हामी स्कुल पुगेका थिएनौँ । 
सबै जना थकित अनुहार लिएर कहिले पुगिएला भन्दै सोच्दै थिए। एक्कासि, बस रोकियो, बाहिर हेर्दा रगतै रगतले लतपत भएको एउटा केटीको लास देखियो। “बाबु, साझमा सुत्न हुँदैन, छिटो उठ् त !” म झसङ्ग भएँ। सबै एउटा सपना पो रहेछ। मलाई सासमा फुलेर आयो। म खुशी थिएँ। बेलुका हामीले खाना खायौँ । बुबा र मामुको खाना खाना खाएपछि समाचार हेर्ने बानी छ। खै, आज किन हो, मलाई पनि समाचार हेर्नु मन थियो । म पनि बैठकमा बसेर समाचार सुन्न बसेँ। समाचार सुरु भयो । दर्शकवृन्द
आज कोटेश्वोरमा एउटा १९ वर्षीय युवतिलाई ट्रकले ठक्कर दिँदा घटना स्थलमा नै मृत्यु भएकाे छ । 
म स्तब्ध भए…