Written by: Surabhi Ghimire - 26012, Grade X
Posted on: 07 August, 2023
शरद ऋतुको त्याे समय नै उदास
जब फूलहरू र पातहरू टाढिन्छन्
रुखका हाँगाबाट जमिनमा हिँडेका
नाच्दै नाच्दै हावामा फिरफिरे बताससँगै
फेरि फर्किने आशामा हराउँदै छन् आफैँ ।
हरेक दिन छाेटाे छ समय
जानु छ तछाड मछाडकाे गतिमा
जाडोको चौडाइमा एक एक गरेर।
रूख एक्लै उभिएको छ तर दुःख मनाउ छैन ।
जाडो एउटा समय हाे
रुख एउटा प्रकृति हाे
फेरि पलाउने पातकाे आशामा
पर्खिरहेछ, कुरिरहेछ उसले समय ।
बाँच्ने आशा राखेर पर्खि बसेछ समय।
रुख हल्लिदा, पात हावासँगै नाचेर
घामपानीसँग बाँचेर, चिसाेसँग सङ्घर्ष गर्दै
कुरिरहे छ, पर्खिरहेछ आफ्नाे समय