Logo

Student Corner

मनमा रहेको डर

Written by: Reva Dangol - 28019, Grade VIII

Posted on: 07 August, 2023

यसले मलाई जताततै पछ्याउँछ।
यो मेरो वरिपरि घुमिरहन्छ ।
म यसको नजिक नभए पनि।

 

मलाई अरू केही  कुराको डर छैन ।
तर मलाइ मेरो मनको विभिन्न कुराले गर्दा डर भइरहन्छ ।
जति नै टाढा धकेल्न खोजे पनि ।
यसले मलाई कहिल्यै एक्लै छोड्दैन।

 

यो  मेरो छायाजस्तै म सित टाँसिएको छ।
यो जहिले पनि  मलाई पछ्याउँछ।
म जान प्रयास गरेको सबै बाटोलाइ यसले घेरेको छ।
जति कोसिस गरे पनि भुल्न सकिनँ  ।

 

यसले मेरो विचारलाई कहिल्यै छाेड्दैन।
मैले सक्दो प्रयास गरेको छु ।
तर म यो कुरालाइ बिर्सन सक्दिनँ ।
यो मेरो सबैभन्दा मिल्ने साथी जस्तै छ ।

 

जसले मलाई अन्तमा कहिल्यै छाडेन।
म पनि भुल्ने कोसिसमा छु।
जति भुल्ने प्रयास गरे नि ।
सक्दिन  यस कुरालाई ।