Logo

Student Corner

प्रकृति सँगसँगै

Written by: Sonam Sunner - 27017, Grade IX

Posted on: 04 August, 2023

हरिया पहाडहरू बिस्तारै  रमाइरहेछन्
तिनीहरू सजिलै एकआपसमा खेल्छन् 
सुन्दर जङ्गलहरूमा बाघ र हात्तीहरूसँग रमाउँदै  
खेलिरहेछन्, पहाडहरूमा रमाइरहेछन् ।

 

विश्वास गर, भविष्य खुसीले बिताउने छाै
खेतका गाईहरू छहारीमा जाने छन्
हिलाेमा खेल्दै सुन्दरतामा हराउने छन्
प्राकृतिक सौन्दर्यको जादुमा
लुटपुटिदै खेल खेल्ने छन्, उनीहरू पनि ।



उनीहरू पनि सँगै रक्षा गर्न
प्रकृतिमा सुन्दरता भर्न 
आफ्नाे आहार पूरा गर्न 
यसमै सङ्घर्ष गर्दै अघि बढिरहेछन् ।

 

आऊ ल सँगै बसाैँ है त, 
प्रकृतिलाई प्रेम गरौँ, सुरक्षित बनाऔँ
समृद्धि र समृद्ध वातावरण बनाऔँ, 
जलवायुको रक्षा नै हाम्राे सुरक्षा ।