Written by: Arunesh Manandhar - 2022002, Grade X
Posted on: 24 August, 2020
तिमी नै त हौ
मेरो चोटमा रोइदिने,
आफैँ दुखाइ सहिदिने
आमा तिमी नै त हाै ।
मेराे सफलतामा गर्व गर्दै
हसाउँदै तिमी मलाई,
मर्न लाग्दा अकालमा
बचाउँछ्याै तिमी मलाई।
मेरो आँसु पुछिदिने
मलम घाउमा लगाइदिने,
आफ्नो भाग काटी मलाई खुवाउने
मेरो चोटमा रोइदिने,
आमा तिमी नै त हौ ।