Logo

Student Corner

अबको विकसित समाज

Written by: Aneechka Kaushik - 29006, Grade VII

Posted on: 04 August, 2023

अबको आउँदो समयमा हुने छ राम्रो
समाजलाई अघि बढाउने मत्र हो हाम्रो।
अबको समय हुने छ अत्यन्तै विकसित
अबको समयमा हुने छ अवसर असीमित।

 

अबको समयमा हुन्छ विकास र प्रविधि
गर्नुपर्छ हामीले बिकासको गतविधि।
अबको समयमा हुन्छ शिक्षा र ज्ञान
गर्नुपर्छ हामीले योग र ध्यान।

 

अबको समाजले गर्छ धेरै उनति
अबको समाजमा हुन्छ सबैको समुन्नति।
अबको समाजमा हुन्छ न्याय र शान्ति
अबको समयमा हुन्छ शिक्षाको क्रान्ति।