Logo

Student Corner

रसुवागढीको यात्रा

Written by: Ishani Chettri - 32010, Grade IV

Posted on: 03 August, 2023

म मेराे परिवारसँग जेठकाे २७ गते घुम्न निस्किएँ । पहिलाे दिन हामी धुन्चे पुग्याैँ । बाटोमा धेरै गर्मी थियो । त्यसैले हामीले आइसक्रिम खायौँ । धुन्चेमा शीतल थियो । भाेलिपल्ट हामी  रसुवागढी जान निस्कियाैँ । रसुवागढी पुग्ने बाटो अफ्ठ्याराे थियो । रसुवागढी नेपाल र चीनको सिमाना हो । हामी सिमाना कटेर चीनको बजार गयाैँ । त्यहाँ हामीले किनमेल गर्‍याैँ । हामीले किनमेल गरिसकेपछि चीनबाट फर्कियाैँ । त्यसपछि हामीले खाना खायौँ । हामीले फर्किँदा खाेला देख्याैँ । हामीले खोलाको पानीमा हातखुट्टा धाेयाैँ । खोलाको पानी चिसाे थियाे । हामीले गाडीमा  हाजिरीजवाफ खेल्याैँ । हामीले नुवाकाेटकाे कालिका भन्ने ठाउँमा खाजा खायाैँ । राति हामी घर फर्कियौँ ।