Logo

Student Corner

यात्रा अनुभवकाे सँगालाे

Written by: Abhinav Shahi - 25014, Grade XI

Posted on: 02 August, 2023

एसइईको परीक्षा दिएर बसेकाे पनि झण्डै एक महिना भएसकेछ । गाउँ नगएकाे पनि लगभग दुई वर्ष भइसकेछ । झण्डै तीन महिनाकाे खाली समयमा मैले घरमै एक महिना बिताउँदा आफ्नो गाउँतिर जान पाए पनि हुने भन्ने कुराकाे महसुस भयाे । लगत्तै म याे कुरा घरमा पनि भनेँ । 
मलाई भने यस पटक गाउँ एक्लै जान मन थियो । काठमाण्डाैदेखि कञ्चनपुरसम्म त्याे लामाे यात्रा मलाई एक्लै जान दिइन्छ भन्ने मैले कल्पना पनि गरेकाे थिइनँ ।
तर मेराे कुरामा दादा चाहिँ सहमत हुनुहुन्थ्यो। 
घरमा दादाले सम्झउदा भन्नु भयो, “भाइ अब ठुलाे भयाे । अब उसले आफ्नै आँखाले पनि दुनियाँ हेर्नु पर्छ र चिन्नु पनि पर्छ । उसले आफै यात्रा गर्‍याे भने  थुप्रै कुराकाे अनुभव लिने छ अनि उत्तिकै समजदार बन्ने छ।” 
दाइकाे याे कुराले मेराे दाइप्रतिकाे सम्मान सगरमाथाजस्तै चुलियाे । दाइकाे कुरा मामु र बाबा पनि सहमत हुनुभयाे । 
मलाई प्लेनबाट पठाउने कुरामा दादाले यो कुरा पनि जोडनुभयो, “भाइ प्लेनभन्दा पनि बसबाट गयो भने राम्रो हुने छ किनकि ऊ बसबाट गयो भने उसले धेरै जिल्ला हुँदै जाने छ र थुप्रै ठाउँहरूकाे अवलाेकन गर्ने छ । भिन्न भिन्न मान्छेसँग भेट्ने छ । त्यसरी भाइले थुप्रै अनुभव लिने माैका पाउने छ ।” त्यस कुरामा पनि दादाकाे जीत भयाे । म बसबाट नै जाने भएँ । 
बसपार्क आफै गएर आफ्नो लागि दिउँसाैको १२  को बसको टिकट काटेँ । बसको टिकट ए.सि. लाग्ने जत्तिको लागे पनि बस भने साधारण थियो । 
बस काठमाण्डाैँदेखि धनगढीसम्मको थियो तर म भने लम्की झरेर टिकापुर जाने बस फेरेर जानु थियो ।
अरू बेला जस्तै बसले ढिला गर्ने होला भन्ने लाग्यो तर बस भने भनेकाे समयमै गाेङ्गबु बसपार्कबाट हिँड्याे, सायद यात्रा लामाे भएर पनि हाेला । १२ बजेको पहिलो गाडीले गर्दा होला म मात्र थिएँ । बस हिँड्न सुरु भएको ५ मिनेट पनि भएको थिएन । बस रोक्यो र बिस्तारै मान्छे हाल्न थाल्यो । यात्रा गर्दा धेरै नै निन्द्रा लाग्ने भएर पनि हाेला, म भुसुक्कै निदाएछु ।  केही समय पछि उठ्दा मेरो छेउँमा भएको खाली सिटमा एउटा मान्छे बसेका थिए । सिटमुनि राखेकाे झोला हेरे कतै केही हराएको त छैन नि भनेर ! 
मेरो छेउँमा बसेका मान्छे हेर्दा त्यही ३०/३५ वर्षका देखिन्थे । मैले पर्दा खोली बोर्डलाई हेरे कहाँ पुगेँ भन्ने कुराकाे जानकरीका लागि । बस दुर्त गतिमा कुदेकाले पढ्न पनि सकिनँ । मेलै छेउमा बसेका दाइलाई भने, “दाइ, बस कहाँ पुग्यो ?” दाइले भन्नुभयो, “अहिले हामी बाइसे पुग्याैँ।” मैले फेरि भने, “अनि दाइ कहाँबाट चढ्नु भएको बसमा ? ” जवाफमा, “म त भर्खर चढेको हो अनि कोहलपुर झर्ने, तिमी ?” मैले भने, “म त बसपार्कबाट नै हो अनि लम्कीसम्म”।

 

फेरि दाइले सोध्नुभयो, “ कहाँ जाँदै छाैँ त ?”, “लम्मी मेरो मामाघर हो, एसइई दिएर छुट्टीमा छु  अनि हजुर चाहिँ किन जाँदै हुनुहुन्छ ?” मैले भने । दाइले भन्नुभयो “म त काम गर्न जाँदै छु” अनि मैले सोधेँ “कस्तो काम दाइ ?”। दाइले भन्नुभयाे, “म त कर्णालीको एउटा हाइड्राे पावरमा काम गर्देे छु, खाडीतिर भिसा पनि लगाइरहेकाे छु । यहाँ काम भए नि २० हजारले खाने के लगाउने के”। 
म सानाे बालकझैँ दाइका कुरा सुनिरहेकाे छु । गम्भीर सोचमा परी मनमनै गुन्दै छु “देशमै राम्रो काम, घर चलाउन र आफ्नो परिवारलाई पुगाउन पाए वर्षैपिच्छे जाने युवाकाे लहर पनि कम हुन्थ्याे हाेला नि ।
हाम्रै लालनपालनका लागि मेरो आफ्नै बुबा पनि त सायद नेपालमै बसेर काम गर्नुहुन्थ्याे हाेला ।  म, मामु, दिज्जु र दाजुसँगै बसेर आफ्नो बच्चा हुर्केको आफै हेर्न पाउनुहुन्थ्याे होला । मैले यस्ता कुराहरू कहिल्यै पनि साेचेकाे रहेनछु । आज याे यात्राका क्रममा ती दाइका कुरा सुन्दा महसुस भयाे ।
२/३ दिनमा भिडियो कलमा “दर्शन, बाबा” भन्दा पनि विद्यालय जानुभन्दा अगाडि “बाबा मामु, म लागे है त स्कुलतिर” भनेर जान पाउँथेँ होला । कक्षा कोठामा लेखेको “मेरो प्योरो आमा र बुबा” शीर्षकमा लेखेको कविता सायद घर आउनबित्तिकै मामु र बाबालाई सोफामा राखेर सुनाउन पाउँथे होला।” यस्ता कुरा सोच्दै म भावुक भएँ । एकछिन साेचेँ । पछि निदाएछु ।

 

४-५ घन्टापछि उठेछु, बस चितवन पुगेर रोकेको रहेछ । मेरो पछाडि बसेको एउटा भाइ बान्ता गर्दै थियो र मलाई नि त्यो देख्दा मलाई घिन लाग्यो अनि मैले आफूले लगाएको हेडफोनको आवाज ठुलाे गरेँ तर अलिपछि पनि त्यो भाइले बान्ता गर्न नरोक्दा मेरो खल्तीमा भएको बान्ता रोक्ने औषधी दिएर आफूसँग भाएको पानी पनि दिएँ अनि अलिपछि उसलाई सञ्चै पनि भयो । त्यसपछि म गीत सुन्दै र दृश्यावलाेकन गर्दै बसेँ।

 

राति ११ बजेतिर बसले खाना खान रोक्दा झरेर । त्यो बान्ता गरेको भाइ र उसकाे दाइसँग मज्जाले गफ गरेर खाना नि सँगेे बोल्दै खाइयाे। बोल्दा बोल्देे गर्दा त्यो भाइ म भन्दा ९ महिना सानो हो भनेर थाहा पाएँ अनि कक्षा १० मै हो कि भनेर मेेले उत्साहका साथ सोधेँ, “कति कक्षामा पढ्छाैँ ?” त्यति सोद्न साथ दुबेे दाजु र भाइको हसिलो मुख कालो भयो र उनिहरु केहि बोलेन्न। मेेले उनिहरुले केही नबोले पनि मैले सबै कुरा बुझेँ । यात्राको अन्त आउन आट्यो र जोजोसँग मैले बोलेको थिए । सबैले जानु अघि मलाई हेरेर “ख्याल राख्नु” भन्दै झरेँ।