Logo

Student Corner

देश र जनता

Written by: Ravi Raj Singh - 27010, Grade IX

Posted on: 02 August, 2023

देशले हामीलाई आवास दिन्छ 
देशले हामीलाई मान दिन्छ
देशले हामीबाट कर लिन्छ 
बदलामा धुलाे धुँवा मन्द जहर दिन्छ ।

नेताहरूलाई हामी भाेट दिन्छाैँ 
उनीहरू हामीलाई चाेट दिन्छन् ।
देशले हामीलाई परिचय दिन्छ,
नेताहरू देशकाे सम्पति लिन्छन् ।

देशप्रति छ हामीलाई धेरै माया 
देशको हामीमाथि छ अपार छाया 
देशले जनताकाे सेवा गर भन्छ 
तर हाम्रा नेता आफ्नै सेवा गर्छन् ।

हामीले देशलाई कर तिर्छाैँ 
हाम्रा नेता त्यसैमाथि भर पर्छन् 
देशबाट जनतालाई हुन्छ आशा
हामीलाई नबनाऊ है निराशा ।