Logo

Student Corner

मेरो मन पर्ने साथी

Written by: Sadagi Koirala - 31026, Grade V

Posted on: 02 August, 2023

मेरो मन पर्ने साथीको नाम रिदिका गुरुङ हो । ऊ र म एउटै स्कुलमा पढ्‌छौँ । ऊ मेरो कक्षा १ देखिको साथी हो । उसका र मेरा धेरै कुरा मिल्छन्  । हामी दुवैलाई एउटै रङ  मन पर्छ । विद्यालयमा समय मिल्याे भने  हामीले धेरै कुराहरू गर्छौं । कहिले काहीँ हामी उस्तै खालका लुगा लगाउँछौँ, कपाल पनि उस्तै बनाउँछौँ । हामी कहिले काहीँ फोनमा पनि कुरा गर्छौ । ऊ स्कुल नआउँदा मलाई दुःख लाग्छ । उसको  पढाइ राम्रो छ । ऊ ज्ञानी पनि छे । कहिले काहीँ हामी झगडा पनि गर्छौँ तर छिटै मिलिहाल्छौँ । हामी दुवैका आमाहरू पनि मिल्नुहुन्छ । हामी दुवै एउटै क्लबमा छौँ । ऊ मेरो सबैभन्दा मिल्ने साथी हो । ऊ नहुँदा मलाई दुःख र नरमाइलो लाग्छ । मैले उसलाई सधैंभरि साथी बनाउन चाहन्छु ।