Logo

Student Corner

अब समाधान के त ?

Written by: Manaswi Sapkota - 26004, Grade X

Posted on: 01 August, 2023

कुनै बेला नेपाल अहिलेकाे जापानभन्दा पनि  विकसित देश थियो रे । तर आज के कारणले हो कुनि यो देशमा केही छैन जस्तो देखिन्छ । म दैनिक यो देश छोडेर जाने मान्छेहरू देख्छु, हजारौँ मानिसहरू राहदानी बोकेर हरेक दिन नेपाल छोड्छन् । म पनि त्यही गर्न चाहन्छु, नेपालमा बस्नुको कुनै अर्थ छैन जस्तो लाग्छ मलाई । "अनिता, तल खान आइज। " म सोच्दै गर्दा आमाले बोलाउनु भयो ।
खाना खाने टेबलमा मेरी आमा, बुबा र म बसेका छौँ । बढ्दो महँगीबारे मेरा आमाबाबुको कुरा सुन्दा म चुपचाप छु । मलाई थाहा छ कि बढ्दो मूल्य दरले हाम्रो परिवारलाई असर गरिरहेको छ । मेरा आमाबुवाले मलाई आवश्यक पर्दा पनि नयाँ लुगा किन्न सक्नुभएको छैन । जहिले लुगा किन्नुहुन्छ, हामीले ३-४ महिनासम्म घरबाट केही खानेकुरा वा अन्य कुरा किन्न सक्दैनाैँ । यही कारणले गर्दा म कहिले पनि केही माग्दिनँ । कहिलेकाहीँ म चाहन्छु कि हामी धनी भएको भए हामीले हामीलाई चाहिने वा चाहेको सबै कुरा किन्न सक्थ्याैँ । मलाई थाहा छ यो लोभी हुनु, हो किनकि धेरै पैसा चाहनु लोभी हुनु हो ।
आज पनि मेरो बुबाले राजनीतिमा पैसा बर्बाद गरेको कारण मेरो आमाबाबुले झगडा भयो । उँहाले यी उच्च-पदमा भएकालाई खुसी पार्नु पर्छ, ताकि उनले राम्रो पद पाउन् । नेपालमा यी  नेताहरूको खुट्टा नछुने मानिसहरू भोकै बस्नुपर्छ । म मेरा ममीबाबा झगडा गरेको देखेर म थाकिसकेँ । इमानदारीपूर्वक भन्नुपर्दा नेपालमा केही पनि राम्रो छैन । हरेक दिन जब स्कुल जान्छु, बाटाेमा म एक ट्राफिक पुलिसले  कुनै गल्ती नगरेका गाडीहरू रोकेको देख्छु किनकि उसलाई उनीहरूकाे गल्ती देखाएर पैसा लिनु छ । उसले आफ्नो शक्तिको दुरूपयोग गर्दै छ । उसले नराम्रो मानिसहरूलाई छोडिदिन्छ तर केही गलत नगर्नेहरूलाई रोक्छ । सायद ऊ लोभी छ ।

 

अस्पतालमा पनि त्यहाँ काम गर्ने आफन्त र साथीभाइले पहिले उपचार गर्छन् भने पहिले पुगेकाले पर्खेर मात्रै बस्छन् । मलाई वास्तवमै त्यो मन पर्दैन, यदि मेरो स्वास्थ्य उनीहरूकोभन्दा बढी चिन्ताजनक थियो भने के हुन्छ ? तिनीहरूले वास्ता गर्दैनन् तिनीहरू केवल पहिले उपचार गर्न चाहन्छन् । के यो मानवता र इमानदारीपन  हो त ?
त्यस्तै गरी, सबै मानिसहरूलाई समान अवसर दिइँदैन । प्रतिभा नभएका तर पहुँच भएका व्यक्तिहरूले प्रायः जागिर पाउँछन् जबकि योग्य व्यक्तिहरू बेरोजगार हुन्छन् । नेपालमा गरिबीमा बाँचिरहेका धेरै मानिसहरू छन् किनभने उनीहरूले आफ्नो प्रतिभा देखाउने मौका पाएकै छैनन् । यहाँ धेरै व्यक्तिहरू छन्, जसले कामको क्षेत्र बर्बाद गर्दैछन् किनभने उनीहरूलाई त्यसको बारेमा कुनै ज्ञान छैन र उनीहरूले केवल जडानको कारणले काम पाएको हुन् । यसरी जागिर पाउने हो भने यति मिहिनेत गरेर पढ्नुको के अर्थ छ र ? अब समाधान के त ? म के गरूँ ?