Logo

Student Corner

जलवायु परिवर्तन र प्राणीकाे भविष्य

Written by: Prasanna Dhungel - 28021, Grade VIII

Posted on: 01 August, 2023

हालका वर्षहरूमा वायु परवर्तनले ठुलो रूप लिएको छ । यसले विश्व भरिका देशहरूलाई असर गरेको छ । यी सबै मानवीय क्रियाकलापले गर्दा भएका हुन् । वायुमण्डलीय CO2 को बढ्दो स्तरले गर्दा विश्व भरि ग्लोबल वार्मिंग, समुन्द्रको  सतह बढ्नु जस्ता धेरै प्रभावका कारण वायु परिवर्तन हो । यसले हाम्रो पृथ्वीलाइ छिटै नष्ट गर्ने छ । अब यसका केही कारणहरूबारे जानौँ।

 

वायु परिवर्तन मानिसले गर्ने कामको कारणले हुन्छ। गाडी र  कारखानाबाट निस्कने ग्याँस जलवायु परिवर्तनको प्रमुख कारण हो । यस सहित, अन्य केही ग्याँसले गर्दा पनि वायु परिवर्तन भएको छ । जस्तै, नाइट्रोस अक्साइड फ्लोरिनेटेड ग्यासहरू आदि । बढ्दो उत्सर्जनले पनि यसमा ठुलो भूमिका खेल्छ । अहिलेको आधुनिक चरणलाई विस्तार दिन औद्याेगिक केन्द्र, ठुलो रूपमा पशुपालन आदि । ठुलो ठुला संरचना बनाउन काठ चाहिन्छ । त्यसैले, वन विनाशले पनि गति लिदै छ । विशेष गरी पछिल्ला केही दशकहरूमा चिन्ताको कारण बनेको छ। पृथ्वीको जलवायुमा आएको परिवर्तनले छिटै पृथ्वीबाट हरेक जीवित वस्तुलाई विलुप्त बनाउने छ । यसका केही असरहरू निम्नलिखित रहेका छन् ।

 

वायु परिवर्तनले मौसममा पनि ठुलो परिवर्तन ल्याउँछ । धेरै देशहरूको तापमान हुनुपर्ने भन्दा बढी भैरहेको छ । छिटै पृथ्वीको तापमान सहन नसक्ने हुन्छ । यसले हाम्रो वरिपरिको वातावरण सहित, कृषि क्षेत्रमा पनि क्षति पुर्‍याएको छ । हिउँ पग्लिने, समुद्री सहत बढ्ने, जमिन उब्जाउ नहुने, अप्रत्याशित बाली वृद्धि आदि सबै यसका असर हुन् । समयमा घ्यान दिएन भने यसले छिटो आफ्नो गति लिने छ र पृथ्वीलाई नष्ट गर्ने छ ।

 

वायु परिवर्तनले गर्दा धेरै ठाउँहरूको तापमानमा पनि परिवर्तन आएको छ । यसले त्यो बासस्थानमा बस्ने धेरै जन्तुहरूलाई मार्दिन सक्छ । यो सबै मानवको गतिविधिले गर्दा हो । चिसो ठाउँमा अचानक तापमान बढ्यो भने, बाक्लो कपाल भएको मर्ने छन् । अहिले हामीलाई यसको परिणाम थाहा छैन तर जब, यो समस्या बढ्दै जान्छ, त्यति बेला धेरै बाढी, आँधी सुनामी आउन सक्छ । यसले  मानव बस्ती लगायत जनावरहरूलाई पनि आसर गर्ने छ । हामीले यो समस्याको हल छिटै खोज्नु पर्छ । नभए, यसले आउने वर्षहरूमा यो हाम्रो लागि ठुलो समस्या बनेर आउने छ ।