Logo

Student Corner

समय

Written by: Shreyansh Pokharel - 24039, Grade XII

Posted on: 31 July, 2023

समय नदीजस्तै बगिरहने,
कसैको पनि भार नबाेक्ने,
बुझ्न सक्यो जीवन सरल हुने,
नत्र 
काम टार्छु भन्ने कुरो यसले पनि सुन्ने ।

 

काम भनेको दिने बित्तिकै गर्नुपर्छ, 
नत्र अप्ठ्यारो आफैलाई पर्छ,
काम समयमा नगर्नेलाई समयले दण्ड दिन्छ,
त्यो दण्डलाई हामीले टार्न असम्भव हुन्छ ।

 

समय भनेको रोक्न नसकिने चिज हो । 
मानिसलाई अनुशासित बनाउने एउटा बिज हो,
समयले भनेको कुरा मान्नुपर्छ,
नत्र हामीले समयले दिएको सजाय भोग्नुपर्छ ।

 

न हामी यसलाई  रोक्न सक्छौँ, 
न यसले हामीलाई रोक्छ नै,
हामीले जे गरे पनि, जसाे गरे पनि
समयले हामीलाई धकेलिरहन्छ ।

 

फूल फुल्नु र ओइलाउनु जस्तै दिन र रात बित्छ
राम्रो कामलाई समयले सधै “ठिक छ” भन्छ
जीवन भनेको निकै छोटो छ
यसलाई सदुपयोग गर्न समयले सिकाउँछ ।

 

समय एक अबिरल गति हो
जसले आफ्नो यात्रा कहिल्लै मेट्दैन
समय एउटा असल चिज हो 
जाे अल्छी छ, उसलाई कहिल्यै भेट्दैन ।

 

अनुसाशनकाे पाठ सिकाउने शिक्षकरूपि हो समय
सफल जीवनकाे आधार हो समय 
सधैँ मेरो सदुपयोग गर  भन्छ समयले,
नत्र हामीलाई तल झार्न उसले आफैँ खाल्टो खान्छ ।