Logo

Student Corner

समय

Written by: Sonu Lama - 27013, Grade IX

Posted on: 31 July, 2023

सबै कुराकाे आफ्नै समय हुन्छ
समयले असल मानिस चुन्छ 
हामीले समयमै गर्नुपर्ने धेरै काम
खाेज्छ समयले असल ठाम ।

 

समयअनुसार सबै कुरा भिन्न हुने
बुझ्ने साथी नहुँदा सबै कुरा खिन्न हुने
भित्री मनकाे व्यथा नसुनाई कसलाई के थाह ?
बाँडे हल्का हुन्छ मनकाे व्यथा ।

 

समयअनुसार नै मानिस बदलिनुपर्ने
समय र परिस्थिति फेरिने निरन्तर
असल र खराब नछुट्याउन नसक्ने 
यही हाे, मानिस मानिस बिचकाे अन्तर ।

 

जसले राम्राे व्यवहार र काम 
उसकाे भर सबै परे एक ठाम
सकेसम्म सबैलाई गर्नू सहयाेग
नपाएमा अधिकार आफैँ खाेस्नू
खराब जति सबै छाडी असल कर्म राेज्नू ।