Logo

Student Corner

मेरो देश

Written by: Revati Maharjan - 31051, Grade V

Posted on: 31 July, 2023

मेरो देश नेपाल हो । नेपालमा विश्वको  सर्वोच्च शिखर सगरमाथा छ । हामी नेपालीले देश सुन्दर बनोस्, देशले उन्नति प्रगति गरोस्  भन्ने चाहन्छौँ । नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाहरूले धेरै धनी छ। नेपाल  जलस्राेतमा  दोस्राे धनी देश हो। नेपालमा गौतम  बुद्ध जन्मेका थिए। नेपालमा धेरै नदीनाला  र मन्दिरहरू छन्। नेपालमा पर्यटन घुम्न आउँछन् ।  नेपालीमा देशभक्तिको भावना छ । नेपाल जस्तो अर्को देश कहीँ भेटिन्न । नेपाल  हाम्रो कर्मभूमि हो । नेपाल प्राकृतिक रूपमा सुन्दर छ । म मेरो देश नेपाललाई माया गर्छु। नेपालमा विभिन्न भाषा, भेषभूषा, संस्कार र  परम्परा छन् । नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालको राष्ट्रिय फूल लालीगुँरास हो।  नेपाल हाम्रो देश हो । नेपाललाई हामीले माया गर्नुपर्छ। हामी सबै नेपाल आमाका सन्तान हौँ । नेपाल हाम्रो गौरव हो। मलाई मेरो देश एकदमै मनपर्छ। नेपाल सुन्दर र शान्त देश हो।