Logo

Student Corner

कलम (आत्मकथा)

Written by: Aadhya Shri Poudel - 30001, Grade VI

Posted on: 28 July, 2023

मेरो  नाम  कलम हो । म निलो  कलम हुँ । मैले  लेखेका अक्षर निलो रङका हुन्छन् । म अहिले  एउटा  फोहोर फाल्ने भाँडोमा  असजिलो गरी बसेकी छु । म आज आफ्नो जीवन कहानी भन्न  जाँदै  छु । म  केही समय अगाडि एउटा कलम बनाउने कारखानामा जन्मिएकी थिएँ। जब मैले आँखा खोलेँ  मैले आफ्नो शरीरलाई देखेँ । त्यसपछि मजस्तै अरू कलमलाई पनि देखेँ । त्यसपछि म अरू कलम भएको प्याकेटमा मिसन गएँ। त्यस प्याकेटभित्र हामी छ जना कलमहरू थियाैँ । त्यसपछि मानिसले हामीलाई  एउटा बसमा लगेर राखे । धेरै बेरसम्म हामी त्यहीँ बसमा बस्यौँ । त्यसपछि हामीलाई एउटा पसलमा छोडे ।  मसित   एउटै प्याकेटमा भएका दुई ओटा कलम‌लाई मानिसहरूले किने । त्यसपछि मानिसले म र मेरा कलम साथीहरूलाई पनि किने ।  मसँग थोरै मसी मात्र बाँकी थियो । केही समय लेखेपछि मेरो मसी सकियो। म काम नलाग्ने भएँ। म ३ दिन मात्र टिकेकी थिएँ। म अहिले निरर्थक भएकी  छु । यसरी मेरो जीवन समाप्त भएकाे छ ।