Logo

Student Corner

राम्रो व्यवहार

Written by: Aava Dangol - 32003, Grade IV

Posted on: 28 July, 2023

हामीले सबैलाई राम्रो व्यवहार गर्नुपर्छ । हामीले आफूभन्दा ठुलालाई नमस्कार गरी सम्मान गर्नुपर्छ । हामीले आफूभन्दा सानालाई माया र साथ दिनुपर्छ । हामीले आफूभन्दा सानालाई राम्रा राम्रा कुराहरू सिकाउनु पर्छ र ठुलाबाट पनि हामीले नयाँ र राम्रा कुराहरू सिक्नुपर्छ । हामीले कुरा गर्दा सानो स्वरले मिजासिलो भई  बोल्नुपर्छ । आफूभन्दा सानोसँग झर्केर बोल्नुहुँदैन किनभने उनीहरूले पनि त्यस्तै सिक्छन् । हामी बिहान छिटो उठी पढ्ने बानी गर्नुपर्छ । घरमा पाहुना आउँदा हामीले नमस्कार गरी चिया वा पानी दिनुपर्छ । हामीले अरूलाई सक्दो सहयोग गर्नुपर्छ । हामी निःस्वार्थ भई सबैको भलाे हुने काम गर्नुपर्छ । हामीले भाइबहिनीलाई राम्रा काम गर्न सिकाउनुपर्छ । हामीले साथीहरूलाई माया र सहयोग गर्नुपर्छ । हामीहरू कुलतमा फस्नु हुँदैन । हामीले मिहिनेत गरी पढेर सफल मानिस बन्नु पर्छ ।