Logo

Student Corner

डियरवाकमा मेराे पहिलाे दिन

Written by: Onikson Shakya - 25017, Grade XI

Posted on: 27 July, 2023

बिदाको  दिन  धेरै  थिएन । असार १४ गतेदेखि त स्कुल  नै खुल्ने थियो । म स्कुल जान धेरै उत्साहित थिएँ र मनैदेखि तयार थिएँ हुन पनि हाे नयाँ स्कुल जान को चाहि उत्साहित हुँदैन र ! त्यो दिन आयो र म खुसी खुसी स्कुल गएँ । बाटै बाटो रमाउँदै, मनमा बिचारहरू खेलाउँदै हिँडिरहेको थिएँ । लगभग १९ मिनेटको हिडाइपछि बल्ल विद्यालय पुगेँ । गेटबाट म आफ्नो कक्षाकोठातिर लागे । मेरा कक्षा रसायन प्रयोगशालाको नजिक जाेडिएकाे रहेछ । कोठामा कोही पनि आएका रहेनछन् । 
अँ साच्चि! पहिलो दिनमा मै पहिलो थिएँ । उत्साहका कारण घरबाट छिटाे हिडेको थिएँ । याे कुराले मलाई एकछिन हाँसाे पनि लागिरहेकाे थियाे । समयनिष्ठ भएकोमा मलाई गर्व पनि लाग्याे । 
डियरवाक सूचना र प्रविधि सिकाउने नेपालकै एक उत्कृष्ट ठाउँ हाे भन्ने कुरा मैले पहिले पनि सुनेकै थिएँ । सूचना र प्रविधि मलाई मन पर्ने विषय त्यसैले पनि मैले डियरवाक  छाने । यहाँ आइसकेपछि यहाँ एउटा छाना पनि थुप्रै फरक फरक संस्थाहरू रहेछन्  । 
पहिलाे दिनमा नै शिक्षकहरूबाट पाएकाे मायाले म विद्यालयप्रति निकै प्रभावित भएछु । मेरो लागि त डियरवाक स्कुल नभएर आफनै घरजस्तै भयाे ।  कुनै समस्या परे नि वहाँहरू त्यसको हल खोज्न तयार भइहाल्ने । पढाउने क्रममा एकदमै रमाइलो र मैत्रीपूर्ण व्यवहार पस्कने । पढाइसँगै रमाइलो वातावरण पनि बनाइरहने ।
पहिलो दिन मलाई रसायन शास्त्र  विषय पढ्न धरै रमाइलो लाग्याे । रसायन प्रयोगशालामा मलाई रसायनका बारेमा गरिएका कुराहरू रमाइलो लाग्यो ।
त्यति मात्रै होइन,  पहिलो पटक नेपाली विषय कम्प्युटरमा सिक्ने पाउने मौका मिल्याे । मैले अहिलेसम्म नेपाली विषय कापीमा मात्रै लेखर सिक्थेँ त‍र डियरवाकमा आएर नेपाली विषय कम्प्युटरमा नेपाली भाषा टाइपिङ गर्ने सिक्ने अवसर सिर्जना भयाे । मैले पहिलाे पटक आफ्नै हातले याे लेख टाइपिङ पनि गरेँ । गुरूलाई पठाएँ पनि । गुरूले आवश्यक काँटछाँट त पक्कै गर्नु भाे तर पनि यसरी टाइपिङ मैले जीवनमा नै पहिलाे पटक गरेँ ।  
डियरवाककाे अर्को रमाइलाे र मनै लाेभ्याउने पाटाे भनेकाे यहाँ वातावरण नै हाे । म त मन्त्रमुग्ध नै भएकाे हुँ । याे कुरा साथीहरूबाट पनि आएकै हाे । हरियाली, सफा, सुग्घर आहा!
कक्षाकाेठाहरू पनि चिटिक्क, सफा । क्यान्टिनको पनि सफा  थियो र स्वादिष्ट खाना उपलब्ध थियो र बाहिरको वातावरण पनि  हरियो र सुवास थियो । डियरवाकमा भएका बगैँचा र रुखहरूले मेरो मन सफा पारेको थियो । डियरवाक गेटकाे बाहिर बगैचा र रूखहरू छन् । याे खालकाे वातावरण आउँदा दिनहरूमा रहिरहाेस् मेराे कामना र अनुराेध पनि छ । स्कुलले विद्यार्थीका खानेपानीको व्यवस्था , खेलकुदको व्यवस्था , पुस्तकालयको र यातायातको व्यवस्था पनि मज्जासँग मिलाएकाे छ । कुुनै समस्या आइलागेमा शिक्षकहरू समस्यालाई सुल्झाउन मनले नै तयार छन् । त्याे कुरा मैले मज्जैले अनुभव गरेँ 
डियरवाक जस्तो आइटी पनि पढाइ हुने स्कुलमा पढ्ने मौका पाएमा म एकदमै खुसी छु । आइटी विद्यालयय बाट हासिल् गरेको ज्ञानले ठूँला ठूला सफ्टवेयर कम्पनि चलाउन सकिन्छ । डियरवाक कलेजबारे मैले पहिले नै निकै राम्रा कुराहरू सुनेकाे र बुझेकाे पनि थिएँ । कक्षा १२ पास गरिसकेपछि पनि यही कलेजमा पढ्ने चाहाना हाे । आइटीकाे ज्ञानले नै ठुला ठुला सफ्टवेयर कम्पनि चलाउन सकिन्छ आइटी विद्यालयमा पढ्ने मेरो ठूलो सपना थियो र म खुसी छु कि मैले डियरवाक अध्ययन गर्ने मौका पाएँ । नेपालकै उत्कृष्ट विद्यालय डियरवाकमा अध्ययन गर्न पाउँदा मलाई आफूमाथि गर्व लागेकाे छ । 
यति हुँदाहुँदै पनि मिडल स्कुलका भाइबहिनीहरू अतिरिक्त क्रियाकलाप कक्षामा अलिक बढी नै हल्ला गर्छन् । म लगायत मेरा साथीहरूलाई पनि पढ्न र  लेख्दा साँच्चै विचलित पारेकाे छ ।अचम्मै भएकाे छ, ठ्याक्कै लोडसेडिङ त हाेइन तर एउटै घन्टीमा ४/५ पटक बिजुली जाने आउने कामले हैरान नै पारेकाे छ । 
साच्चिकै मैले आजका मितिसम्म निकै रमाइलाे मानेर अध्ययन कार्यलाई अगाडि बढाइरहेकाे छु ।