Logo

Student Corner

भौतिक विज्ञान र यसका प्रकारहरू

Written by: Amu Shakya - 27021, Grade IX

Posted on: 27 July, 2023

भौतिक विज्ञान भनेको विज्ञानकाे एक विशाल शाखा हो । भौतिक विज्ञानलाई विभिन्न तरिकाले मानिसहरूले परिभाषा गरेका छन् । केही विद्वानहरूकाअनुसार यो ऊर्जा विषयक विज्ञान हो र यसमा ऊर्जाको रूपान्तरण तथा त्यसको द्रव्य सम्बन्धहरूको विवेचना गरिन्छ । यसमा प्रकृति जगत् र त्यस सम्बन्धी अन्य कुराहरूकाे अध्ययन गरिन्छ । जसमा स्थान, गति, विद्युत, प्रकाश, ध्वनि इत्यादि अनेक विषयहरू यसको परिधिमा आउँछन् । यो विज्ञानको एक प्रमुख विभाग हो । यसका सिद्धान्त सम्पूर्ण विज्ञानमा आधारित छन् र विज्ञानका प्रत्येक अङ्गमा लागु हुन्छन् । यसको क्षेत्र विस्तृत छ र यसको सीमा निर्धारित गर्नु अति गाह्रो कार्य हो । 
विज्ञानका अन्य शाखाहरू भौतिक विज्ञानमा आधारित छन्, अथवा यिनका तथ्यहरूलाई यसका मूल सिद्धान्तहरूसँग सम्बद्ध गर्ने प्रयत्न गरिन्छ । विज्ञानका क्षेत्रमा अगणनीय शास्त्रहरू छन् । तीमध्ये रासायनिक विज्ञान, जीवविज्ञान आदि यसका प्रकारहरू हुन् । ती विज्ञानका प्रकारमध्ये भौतिक विज्ञान पनि एक हो । यो विज्ञानको एक अनुपम शास्त्र हो । यसले ब्राह्मण्डको सबै कुराहरूबारे जानकारी दिन्छ । गणित र भौतिकविज्ञान एकआपसमा अन्योन्याश्रित छन् । ब्रह्माण्डको सारा कार्यकलापबारे जानकारी भौतिकविज्ञानले दिन्छ । भने त्यसको प्रमाणिकरण गणितले गर्छ । गणितको अनुपस्थितिमा भौतिक शास्त्रकाे कल्पना पनि गर्न सकिँदैन ।
विज्ञानका विविध शास्त्र एवम् प्रकारहरू भए जसरी भौतिकशास्त्रभित्र पनि विभिन्न प्रकारहरू पाइन्छन् । मेकानिक्स्, थर्माेडाइनामिक्स्, विद्युत, आधुनिक भौतिकी आदि यसका प्रकारहरू हुन् । यीमध्ये सबैभन्दा कठिन शास्त्र भनेको क्वान्टम भौतिकी हो । आकाशगङ्गा, ब्ल्याकहोल, ग्यालेक्सी र विविध ग्रह, नक्षत्र इत्यादिको खोजमा क्वान्टम भौतिकीको महत्त्वपूर्ण योगदान छ । मेकानिक्स भन्नाले त्रिभुज, वृत्त, कोण, आदिको अध्ययनलाई बुझिन्छ । यसमा न्युटनका नियम, चतुर्भुजका प्रकारहरू इत्यादि पर्छन् । भाैतिक शास्त्रका क्षेत्रमा सर आइज्याक न्युटन, अल्वर्ट आइन्स्टाइन आदि वैज्ञानिकहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।
थर्माेडाइनामिक्स् भन्नाले ताप र तापक्रमसँग सम्बन्धित विषयको अध्ययन हो । यसमा ताप र तापक्रमको अन्तरसम्बन्ध दर्साइएको हुन्छ र यिनीहरूबिच हुने रासायनिक प्रतिक्रिया पनि देखाइएको छ । केल्भिन, फरेन्हाइट आदि यसैकाे अध्ययनका उपज हुन् । विद्युतीय भौतिकीमा विद्युत्, करेन्ट आदिको व्याख्या गरिएको छ । माइकल फराडे, ओम जस्ता वैज्ञानिकहरूले महत्त्वपूर्ण याेगदान दिएका छन् ।