Logo

Student Corner

सामुदायिक काममा मेरो सहयोग

Written by: Himamsu Bal - 31009, Grade V

Posted on: 27 July, 2023

मेरो नाम हिमांशु बल हो । म काठमाडौँ महानगरपालि वडा नं. ३ बाँसबारीमा बस्छु । म बस्ने ठाउँ वरिपरि धेरै घरहरू छन् । गाडी हिँड्ने र पैदल हिँड्न मिल्ने बाटाहरू पनि धेरै छन् । समुदायका सबै जना मिलेर हामीले गल्ली तथा बाटो सफा गर्छौं । म पनि सफा गर्ने कार्यमा सहभागी हुन्छु । बाटोमा फोहोर देखे डस्बिनमा राख्छु ।अरूलाई पनि फोहोर जता पायो त्यता फाल्नुहुँदैन भन्छु । घर वरिपरि फोहोर मैला फालेमा हामीलाई रोग लाग्छ, हामी बिरामी हुन्छौँ भनेर पनि सबैलाई सम्झाउँछु। बिजुलीको पोलमा दिउँसो बत्ती बलेको देखेमा निभाउँछु । हाम्रो टोलमा हरेक महिना मन्दिर, चौतारो र बाटोको सरसफाइ गर्ने काम हुन्छ । म पनि सरसफाइ कार्यक्रममा सहभागी हुन्छ । यसरी मैले पनि सामुदायिक काममा सहयोग गरेको छु ।