Logo

Student Corner

जलवायु परिवर्तन

Written by: Anushree Acharya - 28002, Grade VIII

Posted on: 26 July, 2023

पछिल्लो समयमा जलवायु परिवर्तन अत्याधिक रुपमा मानिससामु देखा परेको छ। जलवायु परिवर्तन भनेको हाम्रो वायु मण्डलमा आउने फेरबदल  हो। यसैका कारण ऋतुहरूमा परिवर्तन देखिने गर्छ । विगतको समयदेखि भने जलवायु परिवर्तन धेरै मात्रामा बढ्दै आएको छ । अहिले यसको परिणाम नदेखे पनि भविष्यमा जलवायु परिवर्तनका कारण धेरै कठिनाइहरू आइलाग्न सक्छन्। जलवायु परिवर्तनकै कारण धेरै जनावरहरू हराउँदै गएको पनि देख्न सकिन्छ। जलवायु परिवर्तन नरोकिए भविष्यमा मानिसहरू पनि नरहेको देख्न सकिन्छ।

 

जलवायु परिवर्तनका मुख्य दुई कारणहरू हुन्छन् । एउटा प्राकृतिक र अर्को मानवहरूद्वारा भएको । प्राकृतिक कारण भनेको प्रकृति कै कारणले हुनु हो । ज्वालामुखी विस्फोटलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ। यस्ता प्राकृतिक कारणहरू पनि धेरै खतरापूर्ण हुने गर्छ। जस्तै : ज्वालामुखी विस्फोट हुँदा त्यस ठाउँको भौगोलिक अवस्थामा फरक आउने गर्छ र त्यस ठाउँमा अत्याधिक रुपमा गर्मी बढ्ने गर्छ जसका कारण त्यहाँ बस्न कठिन हुने गर्छ। मानवहरूद्वारा आउने परिवर्तन भनेको मानवको स्वार्थी इच्छा पूर्ण गर्दा हुने परिवर्तन हो । उदाहरणको रुपमा डिजेलको प्रयोगलाई हेर्न सकिन्छ। डिजेलको प्रयोग पश्चात् वायुमण्डलमा हानी पुगेको देख्न सकिन्छ र जलवायु परिवर्तन भएको पनि हेर्न सकिन्छ।

 

हरेक कुराको दुई पक्ष हुने गर्छ । त्यसै गरी जलवायु परिवर्तनको नकारात्मक साथै सकारात्मक पक्ष पनि छन् । सकारात्मक पक्षमा हेर्ने हो भने जलवायु परिवर्तनका कारण वनस्पतिहरू छिटो उब्जाउ हुने देख्न सकिन्छ। यसका कारण मानव जीवनलाई सहयोग पुग्न छ ।

 

सबै कुराको दुई पक्ष हुने भएकाले जलवायु परिवर्तनका सकारात्मक पक्ष भए पनि नकारात्मक पक्ष पनि रहेका छन् । नकारात्मक पक्षमा भने धर्तीमा रहेका प्राणीलाई हानी हुन्छ। जलवायु परिवर्तनका कारण गर्मी सहन नसक्ने जनावरहरू कम सङ्ख्यामा भेट्टिँदै आएका छन् । गर्मीमा पाइने जनावरहरू पनि वातावरणमा आएको परिवर्तनका कारण लोप हुँदै आएकाे देख्न सकिन्छ। जलवायु परिवर्तन नरोके नजिकैको भविष्यमा प्राणीहरू लोप भएर धर्तीमा प्राणी नभेट्टिने हुन सक्छ।

 

प्राणीहरूको भविष्य जोगाउन जलवायु परिवर्तनलाई रोक्न अत्यावश्यक बनेको छ। जलवायु परिवर्तन रोक्न चाल्नुपर्ने कदमहरू भनेको यस प्रकारका छन् : डिजेलजस्ता वायु मण्डलमा हानि  पुर्‍याएर जलवायु परिवर्तन गराउने वस्तुको कम प्रयोग गर्ने, जङ्गल र रुखहरू धेरै मात्रामा नकाट्ने, उद्योगबाट आउने फोहोरहरू सही ढङ्गले मिलाउने र वातावरण प्रदूषण रोक्न मदत पुर्‍याउने गर्न सकिन्छ । यस्ता विभिन्न प्रकारका प्रयासले नै मानव जीवन सहज बनाउन, जलवायु परिवर्तन रोक्न र मानवको भविष्यलाई सुरक्षित पार्न हामीले सक्छौँ ।