Logo

Student Corner

सपनाको बाँकी जीवन

Written by: Aavash Malla - 26001, Grade X

Posted on: 26 July, 2023

आज ३ महिना बिति सकेछ, मैले उनललाई पहिलो पटक देखेको । यो लाग्छ कि सायद मैले उनलाई नदेखेको भए अहिले आफ्नो जीवन पहिलेकै जस्तो बिताइरहेको हुन्थेँ होला । गल्ती त उनकाे पनि हाेइन, न त मेराे नै हाे । म जहिले यही आशा गरिरहन्छु कि तिमीलाई फेरि देख्न पाऊँ र कुरा गर्न पाऊँ तर यो आशा मेरो आशा नै रहन्छ होला । मैले उनलाई पहिलो पटकदेखे पछि मेरो मन सारै नै आत्तियो । मेरा आँखा उनीमै अडिरहे र मेरो मनले तिम्रो बारेमा सपना देख्न थाल्यो। सायद यही भावनालाई पहिलो नज़रमा प्रेम पाे हाे कि !

 

म आफ्नो कामको लागि अन्तरवार्ता दिन गइरहेको थिएँ । उनलाई देखेर एउटा पत्थर झैँ स्थिर भएँ । मेरो मन भारि केवल उनकै यादहरू मात्रै खेलिरहेका थिए त्यसै कारण म आफ्नो काममा पनि ढिलो पुगेँ र आफ्नो अन्तरर्वाता पनि राम्ररी दिन सकिनँ । उनलाई एक दिनमा केही क्षण देख्दा त मेरो मन उनकाे यादले यति रमाई रहेको थियो, झनै सँगै बोल्न पाए त कति रमाउँथे होला । त्यो दिन म केही न गरी सुतेँ तर उनले मेरो साथ भने सपनामा पनि छोडिनाै किन? 
नयाँ संसारकाे आगमन,
“मैले एक हप्ता तिमीलाई सम्झिदै बिताएँ । मेरो इच्छ्या तिमीसँग बोल्न अझै जटिल थियो । घरको बार्दलीबाट तिमीलाई अरू व्यक्तिहरूको भिडमा खाेज्ने प्रयास गर्थेँ । मलाई कथा लेख्न अत्यन्त मन पर्थ्यो र चित्रकला पनि अलि अलि गर्न आउँथ्यो । जब जब तिमीलाई सम्झन्थेँ तब तब तिम्रो बारेमा केही राम्रो कथा काेर्थेँ र जब जब तिमी मेरो यादमा आँउथ्याैँ  तब तब तिम्रो चित्र बनाउने प्रयास गर्थेँ । मैले पहिलै पनि धेरै चित्रहरू बनाको थिँए तर तिम्रो चित्र जस्तो सुन्दर केही बनेनँ ।” मैले सयौँ ओटा रचनाहरू रचेँ । मेरा प्रतिभा एकाएक माैलाए । म कवि बनेँ, म चित्रकार बनेँ, म लेखक बनेँ, म सबथाेक बनेँ ।

 

केही समयको कुराकानी पछि हामी आआफ्नाे बाटोतिर हिँड्न थाल्यौँ । उनका कुराहरू सुनेर मेरो मन एकदमै रमायो । उनकाे आँखामा हेर्दा त्यो अनन्त ब्रह्माण्ड फिका देखियाे, खै म कहाँ हराएँ । तर, अफसोस कि उनी र म सँगै हुन सक्दैनौ । कुरै कुरामा उनी अब बिदेसिन आँटेको कुरा मैले थाह पाएँ । मलाई त्यो सुनेर सार्है नराम्रो लग्यो तर भाग्यमा लेखिएको कुरा कसले नै मेटाउन सक्छ र ? मनमनै भनेँ, “तिमी विदेश गएपछि तिमीसँग कुरा गर्न  तिमीलाई हेर्न र तिमीलाई भेट्न सम्भव हुँदैन,  त्यसैले तिमीसँग कुरा गर्ने माध्यम भनेको मैले बनाएको चित्र मात्रै छ ।” समय बित्दै गयो, मैले उनलाई देख्न छोडेँ तर उनी भने जहिलै मेरो सम्झनामा आइरहिन् । म निराश थिएँ, किन यति छिट्टाे ब्युँझिएँ म ? म त्याे सपनामा मेराे धेरै जीवन भाेग्न चाहन्थेँ ।