Logo

Student Corner

भ्यागुताहरूको दौड प्रतियोगिता

Written by: Anjila Sherpa - 30063, Grade VI

Posted on: 26 July, 2023

एकादेशमा एउटा घना जङ्‌गल थियो। त्यो जङ्‌गलमा धेरै भ्यागुताहरू बसोबास गर्थे। भ्यागुताहरूले एकआपसमा दौड प्रतियोगिता गर्ने निर्णय गरे। अर्को दिन सबै भ्यागुताहरू जम्मा भए । दौड सुरु भयो । भ्यागुताहरू दौडेर पहाडको टुप्पामा पुग्नुपर्ने सर्त थियो। भ्यागुताहरू उकालामा उफ्रँदै कुद्न थाले । जङ्‌गलमा धेरै जनावरहरू दौड प्रतियोगिता हेर्न आएका थिए। उकालो चढ्दा भ्यागुताह‌रूलाई गाह्रो भएको थियो । भ्यागुताहरू पनि हामी सक्दैनौँ भनेर हार माने।
एउटा भ्यागुताले खेल छाेड्नुहुँदैन भनेर  सबैलाई सम्झायो तर अरू भ्यागुताले साथ दिएनन् । त्यो भ्यागुता पहाडकाे टुप्पोमा पुग्यो र दौड जित्यो । हामीले यो कथाबाट थाहा पायाैँ कि लक्ष्य प्राप्तिका लागि अरूको कुराले विचलित नभई अगाडि बढ्‌नुपर्छ ।