Logo

Student Corner

गोधुली साँझ

Written by: Manavi Regmi - 27007, Grade IX

Posted on: 25 July, 2023

गोधुली साँझकाे त्याे कोमल प्रकाश
ताराहरूको आगमन हुने समय
आकाशको क्यानभासमा छायाको नाच,
चुपचाप प्रकट हुने सपनाहरू

 

चाँदीको चन्द्रमाको चमक मुनि,
प्रकृतिका जीवहरू कोमल कृपाले बाँचेका ।
अस्तित्व सबैकाे, प्राण लिएर जन्मेका धर्तीमा
हामीलाई एक रहस्यमय, पवित्र स्थानमा लैजान्छन्।

 

कसरी चन्द्रकिरणहरूले आफ्नो 
मनमोहक जादु बुन्छन् र छर्छन्
चाँदी र सुनको रङ्गमा संसारलाई चित्रित गर्दै ।
नदीहरू सुसाउँछन्, खाेलाहरू गडगडाउँछन् ।

 

अन्धकारमा, सपनाहरू हराउँछन्,
नदेखिएका संसारका दर्शनहरू 
कल्पनामा हराएका छन् र बिलाएका छन्
कल्पनाले शासन गर्छ र मन रमाउँछ ।