Logo

Student Corner

कर्तव्यबोध

Written by: Sambridhi Gelal - 29063, Grade VII

Posted on: 25 July, 2023

सबै मानिसको आआफ्नै अधिकार र कर्तव्य हुन्छ। मानिसले आफ्नो कर्तव्य, पूरा गर्‍याे भने, उसले अधिकार पाउँछ। सामान्य शब्दमा, कर्तव्य भनेको जिम्मेवारी हो र सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। साना ठुला, नेता, डाक्टर, विद्यार्थी, किसान, मन्त्री, प्रधानमन्त्री, पाइलट, सबैको आ-आफ्नै कर्तव्य हुन्छ I उदाहरणमा, शिक्षकले राम्रोसँग पढाउनुभएन   भने विद्यार्थीले बुझ्दैन र विद्यार्थीले राम्रोसँग नपढे, उनीहरूले पछि आफ्नो र साथै देशको विकास गर्न सक्दैन । त्यसै गरी नेताले राम्रो सेवा, असल नियतले आफ्नो काम, कर्तव्यबोध र काम गरेनन भने देशको विकास हुँदैन। नागरिकले पनि आफ्नो कर्तव्य पूरा गरेन भने समाज विकसित हुन सक्दैन, त्यसैले सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ l
हरेक नागरिक आफ्नो देशतर्फ वफादार. र सहयोगी हुनुपर्छ र त्यस नागरिकसँग देशप्रेमको भावना हुनुपर्छ। हरेक राज्यको आफ्नै नियम हुन्छ जस्तै, कर समयमा तिर्ने, राज्यको सम्पत्तिको संरक्षण गर्ने, राज्यको कानुन र  नियम तथा ट्राफिक नियमको पालना गर्ने, आफू बस्ने समाज सफा राख्ने, आदि । यी नियमहरूको पालना गरे हामी एक असल नागरिक बन्न सक्छौँ र राज्यको पनि विकास हुन्छ । विद्यार्थीको पनि आफ्नै कर्तव्य हुन्छ शिक्षक शिक्षिकाले पढाइएको राम्रोसँग पढ्ने र शिक्षक शिक्षिकाले दिएको जान बुझ्ने, विद्यार्थीको सबैभन्दा महत्वपूर्ण कर्तव्य हो । पढाइ बाहेक विद्यार्थीले बुझ्नुपर्ने कर्तव्य भनेको ठूला मान्यजनलाई अभिवादन गर्ने र आफूभन्दा सानालाई माया गर्ने, अभिभावकले दिएको सल्लाह मान्ने, सबैसँग मिलेर बस्ने, अनुशासित भई बस्ने, परिवार, समाजका काममा सहयोग गर्ने, विद्यालयको नियमको पालना गर्ने, सामुदायिक क्रियाकलापमा सहभागी हुने, आदि हुन् र यी नियमको पालना गरे, हामी एक असल विद्यार्थी बन्न सक्छौँ l त्यसै गरी राज्यको पनि आफ्नै कर्तव्य हुन्छ l राज्यको जनताप्रति, कर्मचारीप्रति,, राष्ट्रिय तथा अन्तराष्ट्रिय निकाय प्रति छुटाछटै कर्तव्य हुन्छ । राज्यले जनताका लागि जनचेतना जगाउँछ, रोजगारी सिर्जना गर्छ, गुणस्तरीय शिक्षा, स्वास्थ्य, प्रधान गर्छ र अन्तर्राष्ट्रिय निकारप्रति राज्यको व्यपहारिक सम्बन्ध, पर्यटकिय सम्बन्ध आदि रहेको छ l
जुनसुकै उमेर समूहको, पेसा, वर्ग, जाति, धर्मको भए तापनि सबैको आ-आफ्नो कर्तव्य हुन्छ। आफ्नो आफ्नो ठाउँमा बसेर आफ्नो कर्तव्य गर्न कसैले छाडनु वा बिर्सिन हुँदैनl एक असल नागरिकको कर्तव्य भनेर आफ्नो देश तर्फ जिम्मेवार, देशप्रमी, राज्यको सम्पत्तिको संरक्षण गर्ने,  हुनुपर्छ र एक असल विद्यार्थी हुनका लागि हामी मिहिनेत गरी पढनुपर्छ र ठुला मान्यजनले भूनेको कुरा मान्नुपर्छ। यदि हामीले यी कर्तव्यको पालना गर्‍याैँ भने देश विकसित हुन्छ त्यसैले हामीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ l