Logo

Student Corner

मलाई मन पर्ने खेल

Written by: Aaryan Regmi - 30037, Grade VI

Posted on: 24 July, 2023

संसारमा धेरै खेलहरू खेलिन्छन् तर मलाई मनपर्ने खेल फुटबल हो। यो खेल हामी खुट्टाले खेल्छौँ । हरेक टिममा ११ जना खेलाडी हुन्छन् । हामी फुटबल ठुलो हरियो मैदानमा खेल्छौँ । यसमा हामी विभिन्न रङका जर्सी लगाउँछौँ । यो खेल धेरै देशले खेल्छन् । याे खेल जित्नेले धेरै थरीका पुरस्कार पाउँछन् जस्तै : गोल्डेन बुट, गोल्डेन बल, बर्लक गोल्डेन फिट आदि । यस खेलमा मलाई मनपर्ने खेलाडी मेस्सी र मनपर्ने देश पनि अर्जेन्टिना हो । यो टिमले सेतो र निलो रङगको जर्सी लगाउँछ  । यो टिमले ३ अाेटा वन वर्ल्ड कप जितेको छ । यस खेलमा गोलकिपर भन्ने पनि हुन्छ  । गोलकिपरले भनेकाे सबैले मान्नुपर्छ । फुटबलमा एउटा (Goat) भन्ने शब्द हुन्छ जुन शब्दले ग्रेटेस्ट अफ अल टाइम भनेर बुझाउँछ। विभिन्न टिमले विभिन्न रङकाजर्सी लगाएका हुन्छन् । यो खेलसँग सम्बन्धित धेरै वटा अनलाइन गेम पनि बनेका छन् । फुटबल खेल्दा शरीर फुर्तिलाे हुन्छ ।