Logo

Student Corner

कसले भन्यो ?

Written by: Srishad Shiwakoti - 27026, Grade IX

Posted on: 21 July, 2023

कसले भन्यो नेपालमा समुद्रकाे छाल छैन भनेर ?
यहाँ डाँडा काँडा र लहराहरू अनि छहरा छन् ।
कसले भन्यो नेपाल ठुलो छैन भनेर ?
यहाँका मानिसहरूकाे साेचाइ र मन विशाल छ ।

 

कसले भन्यो नेपाल गरिब  देश हाे भनेर 
यहाँको प्रकृति यहाँकाे सुन्दरता कसरी गरिब छ ?
कसले भन्यो काठमाडाैँ प्रदूषित सहर हाे  भनेर 
सहर हाेइन,  यहाँको राजनीति मात्र फोहोर रहेछ ।

 

कसले भन्यो नेपालीहरू असल हुँदैनन् 
यहाँका शासकहरू मात्र असल नभएका हुन् ।
कसले भन्यो, नेपालमा नेता  नै छैनन् भनेरर ?
यहाँ त असल नेता र नेतृत्वकाे मात्र कमी छ ।

 

कसले भन्यो नेपालमा हरियाली छैन भनेर 
सिङ्गै नेपाल त हरिया जङ्गलकाे सहर हाे ।
कसले भन्यो नेपालीहरू डरपोक हुन्छन् भनेर ?
शक्तिशाली अङ्ग्रेजीसामु घुँडा नटेक्ने नेपालीहरू नै हुन् ।