Logo

Student Corner

नँया आशा र अपेक्षा: विकास र रूपान्तरणको खोज

Written by: Sauharda Bajracharya - 26010, Grade X

Posted on: 20 July, 2023

कुनै समयमा नेपालको सोलुखुम्बु जिल्लामा एउटा तामाङ परिवारको बसोबास थियो । उनीहरू हिमालबिचको एउटा सानो गाँउमा बस्थे । धेरै पुस्ता अघिदेखि नै तामाङहरूले आफ्नो जमिनमा खेती गर्न सक्ने थोरै बालीमा भर परेर परिश्रम गरेका थिए । हिमालतिर खेतीयाेग्य जमिन कम भएकाले जनजीवन कष्टकर नै थियाे । उनीहरूले उत्पादन गरेकाे बाली बेच्दा पनि थोरै पैसा कमाउथे । सरकारले पनि उनीहरूलाई कुनै वास्ता गर्दैनथ्याे । भ्रष्ट राजनीतिक प्रणालीको बोझले र विकासको अभावले उनीहरूको जीवन अस्तव्यस्त बनेको थियो । राम्रो शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार जस्ता आवश्यक आधारभूत सुविधाहरूको पनि थिएनन् । तामाङहरू आफ्ना छोराछोरीहरूको लागि असल र सजिलो जीवन  बिताउन चाहन्थे । 
एक दिन, सरकारले त्यो गाँउ नजिकैकाे अर्कै गाँउमा केही विकासका कार्यक्रम पनि आए । तर त्याे गाउँमा आएन । आफ्नो गाँउले चाँहि विकासको मुख नदेख्ने भन्ने सुनेपछि सबै गाँउले दु:खी भए । आफ्नो गाँउको पनि विकास हुने पालो आउला कि भन्दै गाउँलेहरूले कुरे । महिनौ कुरेपछि पनि गाँउलेले विकासको मुख देख्न पाएनन् तर नजिकैको गाँउ भने सहरझैँ बनिसकेको थियो । अर्को गाँउले चाहिँ एउटा नँया रूप धारण गरेको जस्तो देखियाे । कति वर्ष सङ्घर्ष, कष्ट र दु:ख भोगेको गाँउलाई छोडेर काठमाडौँ जाने तामाङहरूले निर्णय गरे । आफूसँग भएको समपत्ति पुरानो झोला, अन्नबाली र लुगाहरू बेचेर उनीहरू गाउँले जीवनबाट सहरिया जीवनतर्फ प्रवेश गर्दै थिए । एउटा नयाँ आशा र अपेक्षा लिएर उनीहरू काठमाडौँतर्फ लागे । हप्तौँ यात्रा गरेपछि उनीहरू काठमाडौँ पुगे । आफ्नो गाँउभन्दा काठमाडौँ निकै फरक थियो । गाँउमा गाडीको आवाज कहिल्यै नसुनेको, यता भने जताततै गाडीको आवाज, प्रदूषण, विभिन्न जातजातिका मानिसहरूको मिश्रण र सबैको व्यस्त जीवन । यसअघि कहिल्यै यस्तो दृश्य नदेखेका तामाङहरूका लागि यो रोमाञ्चक थियो । सहरको प्रगति, शिक्षा र रोजगारीको प्रतिज्ञाहरू देख्दा, उनीहरूको गरिबीले एउटा नँया रूप लिन लागेको भन्ने उनीहरूले सोचेका थिए तर सहरको वास्तविकता चाँडै नै खुल्यो ।

 

सीमित शिक्षा र कुनै सम्पर्क नभएका कारण सहरमा काम खोज्न तामाङहरूका लागि एउटा ठूलो चुनौती बन्यो । एउटा जागिरबाट अर्को जागिर गर्दै, उनीहरूले आफ्नो परिवारको लागि आधारभूत आवश्यकताहरू पनि धान्न पनि सकेनन् । उनीहरूको राम्रो र सजिलो जीवनको सपना झन् टाढा टाढा गएको झैँ देखियो । तर, पनि तामाङहरूले हार मानेनन्, उनीहरू आफ्नो सपना जारी राख्न कटिबद्ध थिए । उनीहरूकी छोरी सीताको भने एउटा वकिल बन्ने सपना थियो । त्यो सपनालाई पूरा हुनलाई गरिबीले रोकी रहेको थियो । एक दिन कामको खोजीमा हिँड्दै गर्दा तामाङहरूले एउटा विज्ञापन देखे । एउटा ‘होटलमा भान्से’ को आवश्यकता भन्दै एउटा विज्ञापन थियो । उनीहरूले यो एउटा राम्रो अवसर हो भन्दै नजिकैको टेलिफोन बुथबाट त्यो विज्ञापनमा फोन गरे । त्यँहाको मानिसले उनीहरूसँग अन्तर्वार्ता लिने भने । अन्तर्वार्ताका लागि उनीहरू कार्यालय पुगे ।  अन्तर्वार्ता सफल भयो । यो जागिर गरेर, उनीहरूको सपना पूरा हुन सक्थ्यो । वर्षौँ बिते र उनीहरूको राम्रो कमाइ भयो । सीताको वकिल बन्ने सपना पनि पूरा हुने भयाे । सीता भारत गएर कानुन पढेर आई र नेपालमा एउटा सफल वकिल बनी । तामाङहरू आफ्नो पुरानो गाँउ फर्के, १० वर्षपछि पनि  त्याे गाँउमा विकास भएको थिएन । उनीहरूले आफ्नै पहलमा जनश्रमदान र सहयाेगमा त्याे गाँउमा विकास गर्ने निर्णय गरे  । गाँउमा विद्यालय, अस्पताल, कार्यालय, उद्योगहरूको निर्माण भयो । गाउँ अब सहर भयाे । गाउँलेहरूले अब राम्रो जीवनको खोजीमा बसाइ सर्ने आवश्यकता महसुस गरेनन् । तामाङहरूकाे परिवार र त्यहाँका मानिसले भोगे जस्तै अरू कसैले पनि नभोगुन् भन्ने उनीहरूकाे सपना साकार भयाे ।