Logo

Student Corner

आमा

Written by: Eshita Lal - 28015, Grade VIII

Posted on: 20 July, 2023

तिमी त हौ सुख शान्ति र देवीदेवताकी देवी
तिम्राे नाम सुनी सबै आफ्ना शिर झुकाउँछन्
तिमी नै हौ माता, जननी सबै नाम मात्र हुन्
तिमी सुख शान्तिकी देवीकाे रूप हौ त कि

 

आफ्ना दुख कष्ठ नहेरी नानीलाई खेलाउछ्याै
नानी रुन्छे भनी खेलहरू सबै खेलाउउछ्याै
नानी रुन्छ भनी राति झिम्झिमाउँदै निदाउँछ्याै
नानी भोकाउँछिन भनी हातमा दुध लिई बस्याै ।

 

नानीलाई बिहान विद्यालय गई पुर्‍याउछ्याै
बेलुका आफ्नो नानी लिन बिद्यालय जान्छ्याै
बिहान बेलुका नानीलाई खाना खुवाउँछिन्
नानी चिसो भई आफ्नो मायाले जिउ तताउछिन्

 

आँखामा छन् यिनका माया र मोहका भाव
जति टाडा गएपनि सन्तानलाई भुल्दिनन्
कहिलै हार नमानी हुर्काउछिन कसै गरी
साना देखि ठुलो भई छाेड्दिनाै  साथ कसै गरी