Logo

Student Corner

सकारात्मक सोच

Written by: Shaina Shrestha - 34015, Grade II

Posted on: 20 July, 2023

मेरी आमाले भन्नुहुन्छ कि सकारात्मक सोच मानिसमा हुनुपर्ने महत्वपूर्ण गुण हो । सोचाइले मानिसको जीवनमा धेरै प्रभाव पार्दछ। हामीले जस्तो सोच बनायौँ हाम्रो मन, मस्तिष्क र शरीरले त्यस्तै किसिमको क्रियाकलाप गर्दछ। अर्थात् सकारात्मक सोचले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ भने नकारात्मक सोचले नकारात्मक परिवर्तन ल्याउँछ । त्यसैले हामीहरूले सधैँ सकारात्मक वा राम्रा कुराहरू मात्र सोच्नु पर्दछ।