Logo

Student Corner

शिक्षाको महत्त्व

Written by: Parisa Nepal - 27033, Grade IX

Posted on: 19 July, 2023

शिक्षा त्यो माध्यम हो जसले हामीलाई हाम्रो समाज, परिवार र राष्ट्रप्रतिको कर्तव्यलाई जान्न, बुझ्न र सम्मान गर्ने ज्ञान दिन्छ । जीवनमा शिक्षाको महत्त्व यो हो कि यसले हाम्रो समाजलाई हेर्ने र राम्रो साेचाइमा परिवर्तन ल्यउनुका साथै दृष्टिकोण विकास गर्न पनि मद्दत गर्दछ । शिक्षाले हामीलाई नयाँ विचारहरू प्राप्त गर्न र नयाँ नयाँ कुराहरू साेच्न फाइदा पुर्याउँछ ।



शिक्षाले व्यक्तिलाई ज्ञान प्राप्त गर्न र जीवनमा आत्मविश्वास बढाउन मद्दत गर्दछ । शिक्षाले सबै मानिसमा शान्ति र भाइचाराको महत्त्व सिकाउँछ। यसले व्यक्तिगत जीवन सुधार गर्नुका साथै मद्दत गर्न सक्छ । शिक्षित व्यक्ति नै समाजको महान् नागरिक बन्न सक्छ । यसले जीवनमा सही निर्णयहरू लिन मद्दत गर्दछ । आधुनिक, विकसित र औद्योगिक संसार आजकाे शिक्षाकाे कारण नै सम्भव भएकाे हाे । देशबाट गरिबी हटाउन शिक्षा नै महत्त्वपूर्ण छ । यदि कुनै व्यक्ति राम्रोसँग शिक्षित छ भने, उसले राम्रो काम पाउन सक्छ र आफ्नो परिवारको पालनपोषण गर्न पैसा कमाउन सक्छ ।
शिक्षाले नागरिकलाई देशको कानुन र व्यवस्थाको पालना र सम्मानको महत्त्व सिकाउने काम गर्छ । कानुन पालना गर्ने नागरिकहरूले देश र विश्वको शान्ति र व्यवस्थालाई सुधार र दिगो बनाउन मुख्य रूपमा योगदान गर्छन् । देशका नागरिकहरूले आफ्नो वास्तविक क्षमता बुझ्ने काम पनि शिक्षाका माध्यमबाट नै हुन्छ । शिक्षाले एक व्यक्तिलाई राम्रो तलबको जागिर पाउन मद्दत गर्दछ, जसले उसको परिवारको आर्थिक स्थिति सुधार गर्न मद्दत गर्दछ । शिक्षाले नै व्यक्तिलाई राम्रो र खराब र सही र गलत बिचको भिन्नताको महत्त्व सिकाउँछ । एक शिक्षित व्यक्तिले देशको उन्नतिको लागि आफूमा भएका सिप विकास गर्न सक्छ ।

 

शिक्षित व्यक्तिहरूले बेराेजगार व्यक्तिहरूका लागि रोजगारी सिर्जना गर्न सक्छन् । शिक्षाले नै देशमा बेरोजगारीको समस्या समाधान गर्न मद्दत गर्छ । शिक्षालाई विकासको औजारको रूपमा  लिइन्छ । यसलाई चाहिएकाे बेला आवश्यकताअनुसार प्रयाेग गर्न सकिन्छ । शिक्षाकै कारण मानिसहरू वातावरण र समाजप्रति बढी सचेत भएका छन्  । पृथ्वीलाई बचाएका छन् ।  वातावरण प्रदूषण हुनबाट कसरी राेक्ने भन्नेतर्फ सचेत भएका छन् । त्यसकारण शिक्षाकाे महत्त्व मानिसकाे जीवनमा धेरै छ ।